Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
Uncategorized

७७ जिल्ला पुर्ण खोप घोषित

३२ असार २०८२ २०:३७

काठमाडौँ, ३२ असार ः गत सोमबार एकै दिन छ जिल्ला पूर्ण खोप घोषित भएका छन् ।
काठमाडौं, नुवाकोट, रसुवा, सुनसरी, डोल्पा र कैलाली जिल्लाले सोमबार एकै दिन पूर्णखोप सुनिश्चितताको दिगोपना घोषणा भएसँगै सबै ७७ जिल्लाहरू पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको परिवार कल्याण महाशाखा, बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमले जानकारी दिए ।
नेपालमा पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने कार्य करिव दुई दशक अघि देखि सुरू गरिएको भए पनि एकै आर्थिक वर्षमा सबै जिल्लाहरू पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको यो पहिलो पटक हो । नेपालमा शुरुमा पाल्पा जिल्लाले पूर्ण खोप जिल्ला घोषित भएको थियो ।
“पूर्णखोप सुनिश्चतता तथा दिगोपना घोषणा केवल घोषणा मात्र होइन, बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि गरिएको एउटा महत्वपूर्ण कदम हो,” शाखाका प्रमुख डा.गौतमले भने, “यो नेपालका लागि ठूलो सफलताको हो ।”

परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेक लालले पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा स्वास्थ्यकर्मीहरू एवं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको समर्पण, स्थानीय जनप्रतिनिधीहरूको नेतृत्व एवं अपनत्व, अभिभावकको विश्वास र समुदायको सहकार्यले भएको बताए ।

हरेक वर्ष घरदैलो कार्यक्रम गरि खोज र खोप अभियान अन्तर्गत दुई वर्ष मुनिका बालबालिकाले १५ महिनाको उमेरभित्र लगाउनु पर्ने सबै खोपहरूको पूर्णमात्रा पाए नपाएको पहिचान गरिन्छ । र खोप लगाउन छुट भएका ति बालबालिकालाई सबै खोपहरूको पूर्णमात्रा पाएको सुनिश्चित गर्दै ’पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा’ गरिन्छ ।
शाखा प्रमुख डा. गौतमका अनुसार पूर्णखोपका लागि जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई नौ प्रकारका खोप दिइने गरिन्छ । ति नौ प्रकारका खोप सात पटकमा १८ मात्रा खोप लगाउने गरिन्छ । ति नौ प्रकारका खोप विभिन्न १३ वटा रोगका विरुद्ध रहने गरेको उनले बताए ।
जन्मनै वित्तिकै क्षयरोग विरुद्धको विसिजी खोप र १५ महिना पुगेपछि दादुरा–रुवेला र टाइफाइड रोग विरुद्धको खोप दिइन गरिन्छ ।
वडा पूर्णखोप घोषणा गर्ने बेलामा वडाले पालिकामा प्रस्ताव पठाउछ, पालिकाले अनुगमन गरेर वडालाई घोषणाको अनुमति दिन्छ ।
त्यस्तै पालिकाले जिल्ला खोप समन्वय समितिलाई प्रस्ताव पठाउछ र जिल्ला खोप समन्वय समितिले अध्ययन अनुगमन प्रमाण हेरेपछि पूर्ण खोप घोषणा गर्नका लागि अनुमति दिन्छ ।
त्यस्तै जिल्लाले प्रदेश खोप समन्वय समितिलाई प्रस्ताव पठाउँछ, अनि प्रदेश खोप समन्वय समितीले अध्ययन अनुगमन गरेपछि घोषणा गर्ने अनुमति दिन्छ । प्रदेशले चाँही सङ्घीय राष्ट्रिय खोप समन्वय समितिलाई त्यसैगरी पठाउँछ ।
यस्तै प्रदेश अन्तर्गत मधेस प्रदेशले पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको छ भने अन्य प्रदेशहरूले घोषणाको तयारी गरेको उनले बताए ।
सवै जिल्ला पूर्ण खोप घोषणा गर्नका लागि विश्व स्वास्थ्य सङ्गठन, ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी), युनिसेफ लगायतका साझेदार संस्थाको सहयोग रहेको समेत शाखा प्रमुख डा. गौतमले बताउनुभयो ।