Trending
प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |     मौसम धुम्म हुञ्जेल प्रदूषण बढ्ने, सचेत रहन आग्रह     |     बाजुराकी एक महिलालाई बाटोमै गराइयो प्रसुति     |     नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को घोषणापत्र सार्वजनिक : स्वास्थ्य सेवा निःशुल्क र सर्वसुलभ बनाउने…     |     पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम     |    
Uncategorized

७७ जिल्ला पुर्ण खोप घोषित

३२ असार २०८२ २०:३७

काठमाडौँ, ३२ असार ः गत सोमबार एकै दिन छ जिल्ला पूर्ण खोप घोषित भएका छन् ।
काठमाडौं, नुवाकोट, रसुवा, सुनसरी, डोल्पा र कैलाली जिल्लाले सोमबार एकै दिन पूर्णखोप सुनिश्चितताको दिगोपना घोषणा भएसँगै सबै ७७ जिल्लाहरू पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको परिवार कल्याण महाशाखा, बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमले जानकारी दिए ।
नेपालमा पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने कार्य करिव दुई दशक अघि देखि सुरू गरिएको भए पनि एकै आर्थिक वर्षमा सबै जिल्लाहरू पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको यो पहिलो पटक हो । नेपालमा शुरुमा पाल्पा जिल्लाले पूर्ण खोप जिल्ला घोषित भएको थियो ।
“पूर्णखोप सुनिश्चतता तथा दिगोपना घोषणा केवल घोषणा मात्र होइन, बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि गरिएको एउटा महत्वपूर्ण कदम हो,” शाखाका प्रमुख डा.गौतमले भने, “यो नेपालका लागि ठूलो सफलताको हो ।”

परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेक लालले पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा स्वास्थ्यकर्मीहरू एवं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको समर्पण, स्थानीय जनप्रतिनिधीहरूको नेतृत्व एवं अपनत्व, अभिभावकको विश्वास र समुदायको सहकार्यले भएको बताए ।

हरेक वर्ष घरदैलो कार्यक्रम गरि खोज र खोप अभियान अन्तर्गत दुई वर्ष मुनिका बालबालिकाले १५ महिनाको उमेरभित्र लगाउनु पर्ने सबै खोपहरूको पूर्णमात्रा पाए नपाएको पहिचान गरिन्छ । र खोप लगाउन छुट भएका ति बालबालिकालाई सबै खोपहरूको पूर्णमात्रा पाएको सुनिश्चित गर्दै ’पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा’ गरिन्छ ।
शाखा प्रमुख डा. गौतमका अनुसार पूर्णखोपका लागि जन्मेदेखि १५ महिनासम्मका बालबालिकालाई नौ प्रकारका खोप दिइने गरिन्छ । ति नौ प्रकारका खोप सात पटकमा १८ मात्रा खोप लगाउने गरिन्छ । ति नौ प्रकारका खोप विभिन्न १३ वटा रोगका विरुद्ध रहने गरेको उनले बताए ।
जन्मनै वित्तिकै क्षयरोग विरुद्धको विसिजी खोप र १५ महिना पुगेपछि दादुरा–रुवेला र टाइफाइड रोग विरुद्धको खोप दिइन गरिन्छ ।
वडा पूर्णखोप घोषणा गर्ने बेलामा वडाले पालिकामा प्रस्ताव पठाउछ, पालिकाले अनुगमन गरेर वडालाई घोषणाको अनुमति दिन्छ ।
त्यस्तै पालिकाले जिल्ला खोप समन्वय समितिलाई प्रस्ताव पठाउछ र जिल्ला खोप समन्वय समितिले अध्ययन अनुगमन प्रमाण हेरेपछि पूर्ण खोप घोषणा गर्नका लागि अनुमति दिन्छ ।
त्यस्तै जिल्लाले प्रदेश खोप समन्वय समितिलाई प्रस्ताव पठाउँछ, अनि प्रदेश खोप समन्वय समितीले अध्ययन अनुगमन गरेपछि घोषणा गर्ने अनुमति दिन्छ । प्रदेशले चाँही सङ्घीय राष्ट्रिय खोप समन्वय समितिलाई त्यसैगरी पठाउँछ ।
यस्तै प्रदेश अन्तर्गत मधेस प्रदेशले पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको छ भने अन्य प्रदेशहरूले घोषणाको तयारी गरेको उनले बताए ।
सवै जिल्ला पूर्ण खोप घोषणा गर्नका लागि विश्व स्वास्थ्य सङ्गठन, ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी), युनिसेफ लगायतका साझेदार संस्थाको सहयोग रहेको समेत शाखा प्रमुख डा. गौतमले बताउनुभयो ।