Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
आयुर्वेद

प्राकृतिक चिकित्सा र योगलाई जीवनशैलीसंग जोडौ मुख्यमन्त्री आचार्य

३१ असार २०८२ १४:२१

प्राकृतिक चिकित्सा र योगलाई जीवनशैलीसंग जोडौ मुख्यमन्त्री आचार्य
बाँके–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निरोगिता र स्वस्थ जीवनयापनाका लागि योग तथा प्राकृतिक चिकित्साको क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ ।

बाँकेको कोहलपुरमा योग एवम् प्राकृतिक स्वास्थ्य समाजद्वारा सञ्चालित सामुदायिक आयुर्वेद तथा प्राकृतिक अस्पतालको मंगलबार अवलोकन गर्दै मुख्यमन्त्री आचार्यले सरकारले स्वस्थ जीवनशैलीको प्रवर्द्धनमा विशेष जोड दिएको स्पष्ट पार्नुभयो ।

`अस्तव्यस्त जीवनशैलीले मानव स्वास्थ्यमा समस्या देखा परेका छन् । विभिन्न रोग र स्वास्थ्य समस्याले प्रताडित हुनुपर्ने अवस्था छ । निरोगिता र स्वस्थ जीवनशैलीका लागि योग र प्राकृतिक चिकित्सा अत्यन्तै उपयोगी छन् । सरकारले यस क्षेत्रलाई प्राथमिकतामा राखेको छ,´ उहाँले भन्नुभयो ।

मुख्यमन्त्री आचार्यले प्राकृतिक चिकित्साको माध्यमबाट धेरै प्रकारका स्वास्थ्य समस्यालाई निर्मूल गर्न सकिने भन्दै यसलाई साझा प्रयत्नबाट अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

गत वर्षदेखि समुदायको सक्रियतामा सञ्चालनमा आएको उक्त अस्पतालबाट योग तथा प्राकृतिक उपचार सेवा प्रदान हुँदै आएको छ । लामो समयसम्म पनि निको नभएको नसा च्यापिएको समस्या, पेट तथा टाउको दुखाइ, पिनास, ग्यास्ट्रिकजस्ता रोगहरूलाई प्राकृतिक चिकित्सा विधिबाट निको पार्ने गरिएको छ ।

हाल अस्पतालमा दैनिक २० देखि २५ जना सेवा लिन आउने गरेका छन् । संस्थाका अध्यक्ष नमप्रसाद शर्माका अनुसार यहाँ १ जना चिकित्सक तथा १२ जना उपचारक गरी १३ जना कर्मचारी कार्यरत छन् ।