Trending
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को घोषणापत्र सार्वजनिक : स्वास्थ्य सेवा निःशुल्क र सर्वसुलभ बनाउने…     |     पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम     |     एचपिभी खोप सुरक्षित छ, निर्धक्कसँग लगाउनुहोस्ः मन्त्री गौतम     |     पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै     |     ‘स्वास्थ्य बीमा कार्यक्रमलाई आवश्यक सुधार गर्नुपर्छ’     |     म्याग्दीमा नसर्ने रोगका बिरामी पहिचान गर्न टोलमै स्वास्थ्य परीक्षण     |     लहान अस्पताल काण्ड : किशोरीको शव अर्कैको हातमा     |     त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा सेवा सुचारु गर्ने विषयमा छलफल     |     मलंगवामा दादुरा विरुद्धको खोप अभियान सुरु     |     शुक्रराज सरुवा अस्पतालको निर्देशकमा बाँस्तोला     |    
आयुर्वेद

प्राकृतिक चिकित्सा र योगलाई जीवनशैलीसंग जोडौ मुख्यमन्त्री आचार्य

३१ असार २०८२ १४:२१

प्राकृतिक चिकित्सा र योगलाई जीवनशैलीसंग जोडौ मुख्यमन्त्री आचार्य
बाँके–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निरोगिता र स्वस्थ जीवनयापनाका लागि योग तथा प्राकृतिक चिकित्साको क्षेत्रलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ ।

बाँकेको कोहलपुरमा योग एवम् प्राकृतिक स्वास्थ्य समाजद्वारा सञ्चालित सामुदायिक आयुर्वेद तथा प्राकृतिक अस्पतालको मंगलबार अवलोकन गर्दै मुख्यमन्त्री आचार्यले सरकारले स्वस्थ जीवनशैलीको प्रवर्द्धनमा विशेष जोड दिएको स्पष्ट पार्नुभयो ।

`अस्तव्यस्त जीवनशैलीले मानव स्वास्थ्यमा समस्या देखा परेका छन् । विभिन्न रोग र स्वास्थ्य समस्याले प्रताडित हुनुपर्ने अवस्था छ । निरोगिता र स्वस्थ जीवनशैलीका लागि योग र प्राकृतिक चिकित्सा अत्यन्तै उपयोगी छन् । सरकारले यस क्षेत्रलाई प्राथमिकतामा राखेको छ,´ उहाँले भन्नुभयो ।

मुख्यमन्त्री आचार्यले प्राकृतिक चिकित्साको माध्यमबाट धेरै प्रकारका स्वास्थ्य समस्यालाई निर्मूल गर्न सकिने भन्दै यसलाई साझा प्रयत्नबाट अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

गत वर्षदेखि समुदायको सक्रियतामा सञ्चालनमा आएको उक्त अस्पतालबाट योग तथा प्राकृतिक उपचार सेवा प्रदान हुँदै आएको छ । लामो समयसम्म पनि निको नभएको नसा च्यापिएको समस्या, पेट तथा टाउको दुखाइ, पिनास, ग्यास्ट्रिकजस्ता रोगहरूलाई प्राकृतिक चिकित्सा विधिबाट निको पार्ने गरिएको छ ।

हाल अस्पतालमा दैनिक २० देखि २५ जना सेवा लिन आउने गरेका छन् । संस्थाका अध्यक्ष नमप्रसाद शर्माका अनुसार यहाँ १ जना चिकित्सक तथा १२ जना उपचारक गरी १३ जना कर्मचारी कार्यरत छन् ।