Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     घरमै स्वास्थ्य सेवा दिने किष्टको ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग     |     १३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |    
स्वास्थ्य समाचार

भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर

१० भाद्र २०८३ १५:५५

काठमाडौं । भोटेकोसी बाढीपछि घाइते भएका १६ जनाको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ। अस्पतालका अनुसार तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ भने बाँकी १४ जना पहेँलो र हरियो समूहमा छन्।

त्रिशूली अस्पतालका निर्देशक डा. राजेन्द्र लामाका अनुसार गम्भीर अवस्थामा रहेका दुई जनालाई थप उपचारका लागि काठमाडौं रेफर गर्ने तयारी भइरहेको छ। उनीहरूलाई हेलिप्याडमार्फत काठमाडौंस्थित ट्रमा सेन्टर पठाउने योजना रहेको छ।

अस्पतालमा करिब १५–१६ जना विशेषज्ञ चिकित्सक र सोही संख्यामा मेडिकल अफिसर निरन्तर उपचार सेवामा खटिएका छन्। विद्युत् अवरोध भए पनि उपलब्ध स्रोत–साधनबाट उपचार तथा आवश्यक शल्यक्रिया गर्न समस्या नभएको अस्पतालले जनाएको छ।

त्रिशूली अस्पतालले एकपटकमा करिब ५० जना घाइतेलाई उपचार गर्न सक्ने क्षमता रहेको जनाएको छ। उद्धार कार्य जारी रहेकाले घाइतेको संख्या थप बढ्न सक्ने भन्दै ५०–६० जनाभन्दा बढी घाइते आउन सक्ने अवस्थालाई ध्यानमा राखेर संघ तथा प्रदेश सरकारसँग समन्वय भइरहेको छ।

यसैबीच बट्टार, विदुरलगायतका क्षेत्रमा संघीय अस्पतालबाट मेडिकल टोली परिचालन भइसकेका छन्। तर बाढीका कारण सडक तथा यातायात अवरुद्ध हुँदा प्रभावित क्षेत्रबाट घाइतेलाई अस्पतालसम्म ल्याउन कठिनाइ भइरहेको छ।