Trending
प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |     मौसम धुम्म हुञ्जेल प्रदूषण बढ्ने, सचेत रहन आग्रह     |     बाजुराकी एक महिलालाई बाटोमै गराइयो प्रसुति     |     नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को घोषणापत्र सार्वजनिक : स्वास्थ्य सेवा निःशुल्क र सर्वसुलभ बनाउने…     |     पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम     |    
नर्सिङ

आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान

१० चैत्र २०८२ ०७:२९

हेल्थ सुचना,
प्यूठानकी एक महिलाले ७ हप्ताको गर्भपतन गर्न मेडिकलबाट औषधी किनेर सेवन गरिन । ३० पर्षिय महिलाले यहि चैत ७ गते पिसाव जाच गरि हेर्दा गर्भ रहेको चाल पाइन । उनले चकलेट किने जसरी गर्भपतनको औसधी किनेर सेवन गरेकी थिईन ।
सोमवार विहानै देखी उनलाई पेट दुख्न थाल्यो , योनीवाट रगत बग्न थाल्यो । यस्तो गम्भीर समस्या देखीएपछी श्रीमानले महिलालाई सोमवार दिउसो २ बजेतिर प्यूठान अस्पताल लगे ।अस्पतालमा उनको भिडियो एकसरे गरियो ।रेडियोलोजिस्ट छवि खड्काका अनुसार महिलाको पाठेघर भन्दा बाहिर बच्चा रेहेको थियो । बच्चा रहेको थैली फुटिसकेको थियो । जसका कारण महिलाको पेटभित्रै रगत जम्मा भएको थियो ।

महिलाको अवस्था गम्भिर देखीएपछी अस्पतालका एम डि. जि. पी. निराजन श्रेष्ठले तत्काल सल्यकृया गर्ने निर्णय गर्नुभयो । छटपटाइरहेकी महिलालाइ एनेस्थेसियोलोजिस्ट विनिता गौतामले व्यहोस बनाउनु भयो । डाक्टर निराजन श्रेष्ठको टिमले महिलाको बच्चा रहेको भागको मासु नै काटेर फालिदिए ।महिलाको त्यो अवस्था देखेर चिकित्सकहरु समेत चिन्तीत थिए । प्यूठान अस्पतालमा आफुहरुले यस्तो प्रकृतिको जोखिम काम पहिलोपटक गर्नु परेको चिकित्सकहरुले बताउछन ।

हाल महिला प्यूठान अस्पतालमा उपचाररत छिन । उनी अहिले खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सक निराजन श्रेष्ठले बताउनुभयो । श्रेष्ठले कुनैपनि महिलाले सुचिकृत स्वास्थ्य संस्था भन्दा बाहिरवाट आफुखुसी गर्भपतनको औसधी सेवन नगर्न आग्रह गर्नुभएको छ ।सायद प्यूठान अस्पतालमा दक्ष स्वास्थ्य कर्मिको टिम, श्रोत र साधन नभएको भए महिलाको ज्यान खतरा हुन सक्ने चिकित्सकको भनाई छ ।जोखिम अवस्थाबाट श्रीमतिको ज्यान जोगाईदिएको भन्दै श्रीमानले खुसी व्यक्त गर्नुभएको छ ।

अस्पतलका रेडियोलोजिस्ट छवी खड्काले कुनैपनि महिलाहरुको पिसाव परिक्षण गर्दा गर्भ पोजेटिभ देखीएपनी भिडियो एक्सरेवाट बच्चाको अवस्था पहिचान गरेर मात्र औसधी सेवन गर्न आग्रह गर्नुभएको छ । यस अवस्थालाई पाठेघर भन्दा बाहिर बच्चा रहेको अर्थात इक्टोपिक प्रिगेन्सी को अवस्था भनिन्छ । जोखिम युक्त सल्यक्रियामा चिकित्सक सिबेन्द्र पान्डे, एनेस्थेसिया सहायक धनवहादुर कुवर स्टाफ नर्स राधिका घर्ति, बर्षा लिम्वु, सुनिता बस्नेत सहयोगी गिता थापा लगायत संलग्न रहनुभएको थियो ।

हाल प्यूठान अस्पतालमा ७ वटा विशेषज्ञ सेवा संचालनमा छन । बालरोग विशेषज्ञ, एनेस्थसियोलोजिस्ट , मनोचिकित्सक , हार्डजोर्नी तथा नसारोग , रेडियोलोजिस्ट, बरिष्ठ एम.डि.जि.पी , फिजिसियन लगायतका विशेषज्ञ सेवा संचालनमा रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सुवास पौडेलले जानकारी दिनुभयो ।