Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     घरमै स्वास्थ्य सेवा दिने किष्टको ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग     |     १३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |    
जीवनशैली

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईदै

२० कार्तिक २०८२ १९:०६

काठमाडौँ, २० कात्तिक — देशभर आज २० गते  र भोली २१ गते भिटामिन ‘ए’ र जुकाको औषधि (Albendazole) खुवाउने राष्ट्रिय कार्यक्रम सञ्चालन  भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बालबालिकाको पोषण सुधारका उद्देश्यले सो कार्यक्रम देशभर एकैसाथ सञ्चालन गर्न लागिएको जनाएको छ।

मन्त्रालयका अनुसार ६ महिना देखि ५ वर्षसम्मका बालबालिकालाई उमेरअनुसार भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइनेछ। ६ महिना भन्दामुनिका बालबालिकालाई भने औषधि खुवाइने छैन।

कार्यक्रमअनुसार ६ महिना देखि १२ महिना सम्मका बालबालिकालाई आधा क्याप्सुल भिटामिन ‘ए’ र आधा चक्की जुकाको औषधि दिइनेछ भने १२ महिना देखि ५ वर्षसम्मका बालबालिकालाई १ क्याप्सुल भिटामिन ‘ए’ र १ चक्की जुकाको औषधि खुवाइनेछ।

स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकामार्फत प्रत्येक वडा, विद्यालय र स्वास्थ्य केन्द्रमा औषधि वितरण गरिने जनाइएको छ। औषधि खुवाउने क्रममा बालबालिकाको तौल र पोषण अवस्था समेत मापन गरिनेछ।

मन्त्रालयले अभिभावकलाई निर्धारित मितिमा नजिकको केन्द्रमा गएर आफ्ना बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन आग्रह गरेको छ।