Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     घरमै स्वास्थ्य सेवा दिने किष्टको ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग     |     १३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |    
Uncategorized

राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल

१६ बैशाख २०८३ २३:०९

काठमाडौँ, १६ वैशाख : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताले ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन सवै स्वास्थ्यकर्मीलाई अपिल गर्नु भएको छ ।
आजदेखि शुरु भएको राष्ट्रिय पोषण लेखाजोखा अभियानलाई सफल बनाउन उहाँले सवै स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, विकास साझेदार, स्थानीय तहका जनप्रतिनिधिलाई एकजुट भई सक्रिय सहभागिता जनाउन अपिल गर्नुभएको मन्त्रालयका सूचना अधिकारी डा. भक्त केसीले जानकारी दिए ।
‘समयमै पहिचान, सही उपचार — कुपोषण मुक्त पुस्ताको आधार’ मुल नाराका साथ राष्ट्रिय पोषण लेखाजोखा अभियान यहि वैशाख ३० गतेसम्म संचालन हुने छ ।
अभियानमा ६ देखि ५९ महिनासम्मका बालबालिकामा पोषण अवस्था लेखाजोखा गरी शीघ्र कुपोषणको समयमै पहिचान गर्नु र आवश्यक उपचार तथा सेवा सुनिश्चित गरिने उनले बताए ।
स्थानीय तह, जिल्ला तथा प्रदेश स्तरमा कुपोषणको वास्तविक अवस्था पहिचान गर्दै उच्च, मध्यम तथा न्यून जोखिम भएका क्षेत्रहरूको वर्गीकरण गरी लक्षित पोषण कार्यक्रम तर्जुमा गर्न आवश्यक आधार तयार गरिने समेत मन्त्रालयका सूचना अधिकारी डा. केसीले बताए ।
अभियान देशभरका सबै ७५३ स्थानीय तहमा सञ्चालन गरिनेछ ।
बालबालिकाको पोषणको लेखाजोखा स्वास्थ्य संस्था तथा खोप केन्द्रहरू, सामुदायिक क्लिनिक, वडा कार्यालय, सामुदायिक भवनहरू तथा प्रारम्भिक बाल विकास केन्द्रहरूमा सञ्चालन गरिनेछ ।

  1. कार्यक्रम सञ्चालनका क्रममा प्रत्येक स्वास्थ्य संस्थाले आफ्नो कार्यक्षेत्रभित्र रहेका लक्षित बालबालिकाको संख्या, आवश्यक स्वास्थ्यकर्मी टोली तथा सामग्रीको व्यवस्थापन सहित सूक्ष्म योजना तयार गर्नेछन् ।
    डिजिटल तौल मेशिन, उचाइ र लम्बाइ मापन बोर्ड तथा पाखुराको घेराइ नापेर बालबालिकको कुपोषणको अवस्था पहिचान गर्ने टेप प्रयोग गरिने छ ।
    यस अभियानबाट प्राप्त हुने तथ्याङ्कले उच्च जोखिमयुक्त क्षेत्रको पहिचान गर्न सहयोग पु¥याउनेछ र लक्षित पोषण कार्यक्रम सञ्चालन सहयोग मिल्ने मन्त्रालयका सूचना अधिकारी डा. केसीले बताए ।