Trending
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |    
Uncategorized

२ आश्विन २०८२ १९:४६
उदयपुर, २ असोजः  कोशी प्रादेशिक अस्पताल कटारीले आजदेखि बहिरङ्ग  (ओपिडी) सेवा निःशुल्क दिने भएको छ । कटारी नगरपालिकाले सेवाबापतको रकम सोधभर्ना गरिदिने भएपछि अस्पतालले सेवा निःशुल्क दिन लागेको हो ।
अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्टेन्ड डा गौरव साहले बुधबार सूचना जारी गर्दै अस्पतालले निःशुल्क सेवा दिन लागेको जानकारी दिएका छन् । “ओपिडीमा आउने सेवाग्राहीले पैसा तिर्नुपर्दैन्, सेवाग्राहीले तिनुपर्ने रकमको सोधभर्ना कटारी नगरपालिकाले दिने भएको छ”, सूचनामा उल्लेख छ ।
योसँगै अस्पतालमा सेवा लिन बर्सेनि आउने करिब ३५ हजार सेवाग्राहीले बहिरङ्ग सेवा निःशुल्क पाउने भएका छन् । “यसमा २० प्रतिशत जति बीमित पनि पर्छन्”, प्रमुख साहले भने। नगरप्रमुख राजेशचन्द्र श्रेष्ठको प्रस्तावमा समितिले नगरपालिकाले सोधभर्ना गर्नेगरी सेवा निःशुल्क गरेको हो ।
चालु आर्थिक वर्षदेखि कटारी अस्पताल केन्द्र सरकारको निर्णयमा प्रादेशिक अस्पताल बनेको हो । प्रादेशिक अस्पताल बन्नुअघि यो नगरकै जिम्मामा थियो । प्रादेशिक तहमा स्तरोन्नति भएसँगै अब विभिन्न विशेषज्ञ उपचार सेवा समेत दिने तयारीमा अस्पताल रहेको छ । अस्पतालले बहिरङ्ग सेवाका लागि प्रतिबिरामी रु २० लिँदै आएको थियो ।