Trending
प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |     मौसम धुम्म हुञ्जेल प्रदूषण बढ्ने, सचेत रहन आग्रह     |     बाजुराकी एक महिलालाई बाटोमै गराइयो प्रसुति     |     नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को घोषणापत्र सार्वजनिक : स्वास्थ्य सेवा निःशुल्क र सर्वसुलभ बनाउने…     |     पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम     |    
Uncategorized

स्वास्थ्य पूर्वाधार विकासका लागि नेपाल–चीनबीच दुई महत्त्वपूर्ण सम्झौता

७ श्रावण २०८२ २१:४३

काठमाडौं, ७ साउन — भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो ट्रान्सप्लान्ट केन्द्र निर्माण हुने भएको छ। चीन सरकारको सहयोगमा निर्माण हुन लागेको यो केन्द्रले नेपालको क्यान्सर उपचार सेवामा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

गत सोमबार अर्थ मन्त्रालयमा आयोजित बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबीच लेटर अफ एक्सचेन्ज (LOE) मा हस्ताक्षर गरिएको हो।

मन्त्रिपरिषदको निर्णयपछि हस्ताक्षर
यस सम्झौताअघि आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थ मन्त्रालयलाई चीन सरकारसँग सम्झौतामा हस्ताक्षर गर्न स्वीकृति दिएको थियो। सम्झौताअनुसार, अस्पतालमा १,८३४ वर्ग मिटर क्षेत्रफलमा बोनम्यारो प्रत्यारोपण केन्द्र निर्माण गरिनेछ, साथै आवश्यक आधुनिक उपकरणहरू जडान गरिनेछ।

निजामती अस्पताल बिस्तारका लागि सम्भाव्यता अध्ययन
बोनम्यारो केन्द्रका साथै अर्को सम्झौतामा काठमाडौँको मिनभवनस्थित निजामती कर्मचारी अस्पतालको विस्तारका लागि सम्भाव्यता अध्ययन गर्ने विषय समेटिएको छ। दुबै सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ सचिव घनश्याम उपाध्याय र चीन सरकारको तर्फबाट CIDCA अध्यक्ष चेनले हस्ताक्षर गरेका हुन्।

स्वास्थ्य, पूर्वाधार र ऊर्जा क्षेत्रमा सहकार्य
यस अवसरमा अर्थमन्त्री पौडेलले नेपाल–चीन बहुआयामिक सम्बन्धको चर्चा गर्दै CIDCA अध्यक्षलाई नेपाल भ्रमणको लागि धन्यवाद दिएका थिए। उनले उच्चस्तरीय भ्रमणले द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा व्यक्त गरे।

त्यस्तै, अर्थ सचिव उपाध्यायले हस्ताक्षर भएका परियोजनाले नेपालको स्वास्थ्य सेवा, मानव संशाधन विकास तथा सिमापार विद्युत व्यापारमा योगदान पुर्‍याउने बताए। उनले भविष्यमा पूर्वाधार निर्माणमा चीनको सहयोग अझ बढ्ने विश्वास व्यक्त गरे।

अन्य समझदारीपत्रहरूमा पनि हस्ताक्षर
साथै, नेपाल र चीनबीच मानव संशाधन विकाससम्बन्धी समझदारीपत्र तथा रसुवागढी–केरुङ सिमापार ट्रान्समिसन लाइनको सम्भाव्यता अध्ययनसम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर भएको छ।