Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     घरमै स्वास्थ्य सेवा दिने किष्टको ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग     |     १३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |    
समाचार

मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल

३१ असार २०८३ २१:२७

काठमाडौं  असार ३१, प्रतिनिधिसभा बैठकमा सांसद केपी खनालले नेपालमा बढ्दो मानसिक स्वास्थ्य समस्या, आत्मदाह तथा अन्य अप्रिय घटनाक्रम नियन्त्रण गर्न ‘मानसिक स्वास्थ्य परिषद् (Mental Health Council)’ गठन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

बुधबार संसदमा विशेष धारणा राख्दै सांसद खनालले मानसिक रोगका कारण समाजमा आत्मदाह, आत्महत्या तथा अन्य दुःखद घटनाहरू बढ्दै गएको भन्दै यसको दीर्घकालीन समाधानका लागि छुट्टै र प्रभावकारी संयन्त्र आवश्यक रहेको बताए।

उनले मानसिक स्वास्थ्यलाई राष्ट्रिय प्राथमिकताको विषयका रूपमा लिएर ‘मानसिक स्वास्थ्य परिषद्’ गठन गरी मानसिक रोगको रोकथाम, उपचार, परामर्श, जनचेतना अभिवृद्धि तथा नीति निर्माणमा गम्भीर रूपमा काम गर्न सरकारसँग आग्रह गरे।

सांसद खनालले मानसिक स्वास्थ्यसम्बन्धी सेवामा सबै नागरिकको सहज पहुँच सुनिश्चित गर्न, आवश्यक जनशक्ति उत्पादन गर्न तथा मानसिक रोगप्रति रहेको सामाजिक विभेद र गलत धारणालाई अन्त्य गर्न पनि सरकारको ध्यानाकर्षण गराए।

उनका अनुसार मानसिक स्वास्थ्यको क्षेत्रमा समयमै प्रभावकारी कदम चाल्न सके आत्मदाहजस्ता दुःखद घटनालाई न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पुग्नेछ। सरकारलाई यस विषयमा आवश्यक नीति, कानुन र संस्थागत व्यवस्था निर्माण गरी तत्काल पहल गर्न उनले आग्रह गरेका छन्।