Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
जीवनशैली

देशभर एक सातामा २७४ जनामा डेंगी संक्रमण पुष्टि

१४ आश्विन २०८२ १८:१२

काठमाडौँ, १४ असोज।
देशभर डेंगी संक्रमणको अवस्था थप चिन्ताजनक बन्दै गएको छ। पछिल्लो एक साताको अवधिमा मात्र २ सय ७४ जनामा डेंगी संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसिडी) ले जनाएको छ।

महाशाखाका अनुसार यो संख्याले ७५ जिल्लामा संक्रमण फैलिइसकेको पुष्टि गर्छ। यससंगै, चालू वर्षको पुस महिनादेखि हालसम्म देशभर कुल ५ हजार १ सय ९६ जनामा डेंगी संक्रमण देखिएको छ।

प्रदेशगत विवरण हेर्दा, गण्डकी प्रदेश सबैभन्दा बढी प्रभावित देखिएको छ, जहाँ हालसम्म १ हजार ३ सय २७ जनामा संक्रमण पुष्टि भइसकेको छ।
त्यसपछि बागमती प्रदेशमा १ हजार १ सय ९१, लुम्बिनीमा ९ सय ११, कोशीमा ७ सय ३७, सुदूरपश्चिममा ६ सय २२, कर्णालीमा २ सय ९६ र मधेश प्रदेशमा १ सय १२ जनामा डेंगी पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामात्रै २३ जना नयाँ संक्रमित फेला परेका छन्। हालसम्म २ जना संक्रमितको मृत्यु भइसकेको इडीसिडीको तथ्यांकले देखाएको छ।

स्वास्थ्य विज्ञहरूका अनुसार डेंगी रोग पोथी लमखुट्टेको टोकाइबाट सर्ने गर्दछ। नेपालमा पहिलोपटक डेंगी संक्रमण सन् २००४ मा चितवनमा देखिएको थियो।