Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     घरमै स्वास्थ्य सेवा दिने किष्टको ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग     |     १३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |    
जीवनशैली

देशभर एक सातामा २७४ जनामा डेंगी संक्रमण पुष्टि

१४ आश्विन २०८२ १८:१२

काठमाडौँ, १४ असोज।
देशभर डेंगी संक्रमणको अवस्था थप चिन्ताजनक बन्दै गएको छ। पछिल्लो एक साताको अवधिमा मात्र २ सय ७४ जनामा डेंगी संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसिडी) ले जनाएको छ।

महाशाखाका अनुसार यो संख्याले ७५ जिल्लामा संक्रमण फैलिइसकेको पुष्टि गर्छ। यससंगै, चालू वर्षको पुस महिनादेखि हालसम्म देशभर कुल ५ हजार १ सय ९६ जनामा डेंगी संक्रमण देखिएको छ।

प्रदेशगत विवरण हेर्दा, गण्डकी प्रदेश सबैभन्दा बढी प्रभावित देखिएको छ, जहाँ हालसम्म १ हजार ३ सय २७ जनामा संक्रमण पुष्टि भइसकेको छ।
त्यसपछि बागमती प्रदेशमा १ हजार १ सय ९१, लुम्बिनीमा ९ सय ११, कोशीमा ७ सय ३७, सुदूरपश्चिममा ६ सय २२, कर्णालीमा २ सय ९६ र मधेश प्रदेशमा १ सय १२ जनामा डेंगी पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामात्रै २३ जना नयाँ संक्रमित फेला परेका छन्। हालसम्म २ जना संक्रमितको मृत्यु भइसकेको इडीसिडीको तथ्यांकले देखाएको छ।

स्वास्थ्य विज्ञहरूका अनुसार डेंगी रोग पोथी लमखुट्टेको टोकाइबाट सर्ने गर्दछ। नेपालमा पहिलोपटक डेंगी संक्रमण सन् २००४ मा चितवनमा देखिएको थियो।