Trending
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |    
अन्तर्वार्ता

स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता

२४ पुष २०८२ १५:११

काठमाडौँ, २४ पुस : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतम र नेपालका लागि इजरायलका राजदूत स्मुलिम एरि बास शिष्टाचार भेटवार्ता भएको छ ।
आज मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँहरुबीच भेटवार्ता भएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार भेटका क्रममा नेपाल र इजरायलबीच स्वास्थ्य क्षेत्रमा द्विपक्षीय सहयोगको आदानप्रदानका विषयहरूमा विस्तृत छलफल भएको छ ।
भेटवार्तामा स्वास्थ्य मन्त्री डा. गौतमले इजरायलले आपतकालीन सेवा र विपद् व्यवस्थापनका क्षेत्रमा हासिल गरेको प्रगति उल्लेख गर्दै नेपाललाई पनि यस किसिमको सहयोगले नेपालको स्वास्थ्य प्रणाली सुदृढ गर्न भूमिका खेल्ने बताइन् ।
राजदुतले बासले नेपालको विपद व्यवस्थापनको प्रणालीगत विकास गर्न इजारायल सरकारले प्राविधिक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले बताए ।