Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
अन्तर्वार्ता

स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता

२४ पुष २०८२ १५:११

काठमाडौँ, २४ पुस : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतम र नेपालका लागि इजरायलका राजदूत स्मुलिम एरि बास शिष्टाचार भेटवार्ता भएको छ ।
आज मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँहरुबीच भेटवार्ता भएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार भेटका क्रममा नेपाल र इजरायलबीच स्वास्थ्य क्षेत्रमा द्विपक्षीय सहयोगको आदानप्रदानका विषयहरूमा विस्तृत छलफल भएको छ ।
भेटवार्तामा स्वास्थ्य मन्त्री डा. गौतमले इजरायलले आपतकालीन सेवा र विपद् व्यवस्थापनका क्षेत्रमा हासिल गरेको प्रगति उल्लेख गर्दै नेपाललाई पनि यस किसिमको सहयोगले नेपालको स्वास्थ्य प्रणाली सुदृढ गर्न भूमिका खेल्ने बताइन् ।
राजदुतले बासले नेपालको विपद व्यवस्थापनको प्रणालीगत विकास गर्न इजारायल सरकारले प्राविधिक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले बताए ।