Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     घरमै स्वास्थ्य सेवा दिने किष्टको ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग     |     १३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |    
नर्सिङ

होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न

१८ चैत्र २०८२ १०:०९

हेल्थ सुचना,

होटल व्यवसायी संघ तथा पर्यटन सुचना केन्द्र प्यूठानले रगत दान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको १७ औं स्थापना दिवसका अवसरमा कोहिपनी विरामी रगतको अभावमा मृत्यु वरण गर्न नपरोस भन्दै रक्तदान कार्यक्रम आयोजना गरि दिवस मनाएको होटल व्यवसायी संघ प्यूठानका अध्यक्ष लिलाधर न्यौपानेले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अथिति नेपाल रेडक्रस सोसाईटी प्यूठानका अध्यक्ष गुमानराज पुलामीले रक्तदान जस्तो अभियानले समुदायमा सहयोग र सहकार्यको भवना वलियो वनाउने विश्वास व्यक्त गर्नुभएको छ ।कार्यक्रममा प्यूठान अस्पताल विकास समितिका अध्यक्ष विजय विराज विष्ट, प्यूठान अस्पतालका निमित्त मेसु डाक्टर आभास योगी, होटल व्यवसायी संघका केन्द्रिय सचिव धनेश्वर भण्डारी , संघ प्यूठानका संस्थापक अध्यक्ष शिव पुलामी , संघका केन्द्रिय सल्लाहाकार चन्द्रलाल न्यौपाने ,लुम्विनी प्रदेसका सह कोषाध्यक्ष जुद्द वहादुर कुवर लगायतको उपस्थित रहेको थियो ।

बक्ताहरुले प्युठानमा स्वास्थ्य सेवा सुदृढिकरणमा निजि क्षेत्रको सहकार्य महत्वपुर्ण रहने बताएका छन । मंगलबार प्यूठान अस्पतालमा आयोजित कार्यक्रमको संचालन होटल व्यवसायी संघ प्यूठानका महासचिव खेमराज बस्नेतले गर्नुभएको थियो ।