Trending
जाडोयाम सुरु भएसँगै बिरामीको चाप बढ्दा अस्पतालमा शय्याको अभाव     |     नर्सिङ तथा स्वास्थ्यकर्मीको पारिश्रमिक सरकार सरह दिन मन्त्रालयको निर्देशन     |     पोखरामा नर्सहरूको पुनः आन्दोलन, तलब वृद्धिलगायत माग     |     राष्ट्रपति पौडेल अस्पतालमा भर्ना, जेन-जीसँगको वार्ता स्थगित     |     आपतकालीन बिरामी काठमाडौँ पुग्न नसक्दा स्वास्थ्य सेवा प्रभावित     |     देशभर एक सातामा २७४ जनामा डेंगी संक्रमण पुष्टि     |     म्याग्नस फर्माद्वारा पारासिटामोल इन्फ्युजन सहित इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश     |         |     कोशी प्रादेशिक अस्पताल कटारीमा आजदेखि ओपीडी सेवा निःशुल्क     |     जेनजी आन्दोलनपछि युवामा मानसिक समस्या बढ्दा अस्पताल धाउनेको संख्या बढ्यो     |    
ट्रेन्डिङ

डा रमेशसिंह भण्डारीको नयाँ म्युजिक भिडियो सार्वजनिक

१४ बैशाख २०८२ १८:१३

काठमाडौं- चिकित्सकीय अभ्याससँगै गीत संगीतमा पनि सक्रिय रहेका त्रिवि शिक्षण अस्पतालका ग्यास्ट्रो तथा कलेजो प्रत्यारोपण सर्जन प्रा डा रमेशसिंह भण्डारीको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ।

डाक्टर भण्डारीले युट्युब च्यानल मार्फत नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका हुन्।  सार्वजनिक भएको नयाँ म्युजिक भिडियोको बोल ‘जीवन यो रहेसम्म…’ रहेको छ।

डा भण्डारीको स्वरमा रहेको गीतको रचना र कम्पोजिसन पनि डा भण्डारीले नै गरेका हुन्।

गीतको मिक्सिङ प्रदीप जोशीले गरेका हुन्।

सिलन लम्सालको सम्पादन रहेको म्युजिक भिडियोमा निमा लामाको मेकअप रहेको छ।