Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
समाचार

पोखरामा नर्सहरूको पुनः आन्दोलन, तलब वृद्धिलगायत माग

२५ आश्विन २०८२ १८:३२

पोखरा, २५ असोज  पोखराको मणिपाल शिक्षण अस्पतालमा कार्यरत नर्सहरू तलब वृद्धि र सेवा–सुविधा सुधारलगायतका माग राख्दै पुनः आन्दोलनमा उत्रिएका छन्।

नर्सहरूले अस्पताल प्रशासनले बारम्बारको आश्वासन पालन नगरेको र आफ्ना माग बेवास्ता गरेको आरोप लगाएका छन्। उनीहरूले ‘हामी नर्स हौँ, मेसिन होइनौं’ भन्ने नारा लगाउँदै अस्पताल परिसरमा प्रदर्शन गरेका छन्।

नर्सहरूका अनुसार तलब वृद्धिको मागसहित कार्य वातावरण सुधार, जनशक्ति अभावको समाधान, र ओभरटाइम भुक्तानीको व्यवस्था गर्नुपर्ने मुख्य मागहरू हुन्।

यसअघि पनि उनीहरूले यस्तै माग राख्दै आन्दोलन गरेका थिए तर तत्कालका लागि वार्तापछि स्थगित गरिएको थियो। तर माग पूरा नहुँदा फेरि आन्दोलन सुरु गर्नुपरेको नर्सहरूले बताएका छन्।

अस्पताल प्रशासनले भने नर्सहरूको मागप्रति संवेदनशील रहेको र वार्तामार्फत समाधान खोज्ने बताएको छ