Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     घरमै स्वास्थ्य सेवा दिने किष्टको ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग     |     १३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |    
समाचार

पोखरामा नर्सहरूको पुनः आन्दोलन, तलब वृद्धिलगायत माग

२५ आश्विन २०८२ १८:३२

पोखरा, २५ असोज  पोखराको मणिपाल शिक्षण अस्पतालमा कार्यरत नर्सहरू तलब वृद्धि र सेवा–सुविधा सुधारलगायतका माग राख्दै पुनः आन्दोलनमा उत्रिएका छन्।

नर्सहरूले अस्पताल प्रशासनले बारम्बारको आश्वासन पालन नगरेको र आफ्ना माग बेवास्ता गरेको आरोप लगाएका छन्। उनीहरूले ‘हामी नर्स हौँ, मेसिन होइनौं’ भन्ने नारा लगाउँदै अस्पताल परिसरमा प्रदर्शन गरेका छन्।

नर्सहरूका अनुसार तलब वृद्धिको मागसहित कार्य वातावरण सुधार, जनशक्ति अभावको समाधान, र ओभरटाइम भुक्तानीको व्यवस्था गर्नुपर्ने मुख्य मागहरू हुन्।

यसअघि पनि उनीहरूले यस्तै माग राख्दै आन्दोलन गरेका थिए तर तत्कालका लागि वार्तापछि स्थगित गरिएको थियो। तर माग पूरा नहुँदा फेरि आन्दोलन सुरु गर्नुपरेको नर्सहरूले बताएका छन्।

अस्पताल प्रशासनले भने नर्सहरूको मागप्रति संवेदनशील रहेको र वार्तामार्फत समाधान खोज्ने बताएको छ