Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
स्वास्थ्य समाचार

कोशी प्रादेशिक अस्पताल कटारीमा आजदेखि ओपीडी सेवा निःशुल्क

२ आश्विन २०८२ १९:३५

उदयपुर, २ असोज । कोशी प्रादेशिक अस्पताल कटारीले आजदेखि बहिरङ्ग (ओपीडी) सेवा निःशुल्क उपलब्ध गराउने भएको छ । कटारी नगरपालिकाले सेवाबापतको रकम सोधभर्ना गरिदिने व्यवस्था गरेपछि अस्पतालले यो सुविधा सुरु गरेको हो ।

अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. गौरव साहले बुधबार सूचना जारी गर्दै ओपीडी सेवामा आउने सेवाग्राहीलाई अब पैसा तिर्नु नपर्ने बताए । उनका अनुसार, सेवाग्राहीले तिनुपर्ने शुल्क कटारी नगरपालिकाले अस्पताललाई सोधभर्ना गर्नेछ ।

यो निर्णयसँगै अस्पतालमा बर्सेनि उपचारका लागि आउने करिब ३५ हजार सेवाग्राही लाभान्वित हुने भएका छन् । “यसमा २० प्रतिशतजति स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतका सेवाग्राही पनि पर्छन्,” डा. साहले जानकारी दिए ।

नगरप्रमुख राजेशचन्द्र श्रेष्ठको प्रस्तावमा नगरपालिकाको समितिले अस्पतालको ओपीडी सेवा निःशुल्क गर्ने निर्णय गरेको हो ।

हालै मात्र प्रादेशिक तहमा स्तरोन्नति पाएको कटारी अस्पताल अब विभिन्न विशेषज्ञ उपचार सेवा दिने तयारीमा छ । यसअघि बहिरङ्ग सेवाका लागि प्रति बिरामी २० रुपैयाँ शुल्क लिइँदै आएको थियो ।