Trending
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |    
स्वास्थ्य समाचार

कोशी प्रादेशिक अस्पताल कटारीमा आजदेखि ओपीडी सेवा निःशुल्क

२ आश्विन २०८२ १९:३५

उदयपुर, २ असोज । कोशी प्रादेशिक अस्पताल कटारीले आजदेखि बहिरङ्ग (ओपीडी) सेवा निःशुल्क उपलब्ध गराउने भएको छ । कटारी नगरपालिकाले सेवाबापतको रकम सोधभर्ना गरिदिने व्यवस्था गरेपछि अस्पतालले यो सुविधा सुरु गरेको हो ।

अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. गौरव साहले बुधबार सूचना जारी गर्दै ओपीडी सेवामा आउने सेवाग्राहीलाई अब पैसा तिर्नु नपर्ने बताए । उनका अनुसार, सेवाग्राहीले तिनुपर्ने शुल्क कटारी नगरपालिकाले अस्पताललाई सोधभर्ना गर्नेछ ।

यो निर्णयसँगै अस्पतालमा बर्सेनि उपचारका लागि आउने करिब ३५ हजार सेवाग्राही लाभान्वित हुने भएका छन् । “यसमा २० प्रतिशतजति स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतका सेवाग्राही पनि पर्छन्,” डा. साहले जानकारी दिए ।

नगरप्रमुख राजेशचन्द्र श्रेष्ठको प्रस्तावमा नगरपालिकाको समितिले अस्पतालको ओपीडी सेवा निःशुल्क गर्ने निर्णय गरेको हो ।

हालै मात्र प्रादेशिक तहमा स्तरोन्नति पाएको कटारी अस्पताल अब विभिन्न विशेषज्ञ उपचार सेवा दिने तयारीमा छ । यसअघि बहिरङ्ग सेवाका लागि प्रति बिरामी २० रुपैयाँ शुल्क लिइँदै आएको थियो ।