Trending
प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |     मौसम धुम्म हुञ्जेल प्रदूषण बढ्ने, सचेत रहन आग्रह     |     बाजुराकी एक महिलालाई बाटोमै गराइयो प्रसुति     |     नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को घोषणापत्र सार्वजनिक : स्वास्थ्य सेवा निःशुल्क र सर्वसुलभ बनाउने…     |     पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम     |    
स्वास्थ्य समाचार

म्याग्नस फर्माद्वारा पारासिटामोल इन्फ्युजन सहित इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश

११ आश्विन २०८२ १४:५९

काठमाडौँ, ११ असोज । नेपालमै उच्च गुणस्तरीय औषधी उत्पादन र बिक्री वितरण गर्दै आइरहेको म्याग्नस फर्मा प्राइभेट लिमिटेडले पारासिटामोल इन्फ्युजन सहित इन्जेक्टेबल्स (Injectables) सेग्मेन्टमा प्रवेश गरेको  छ।

कम्पनीले उच्च गुणस्तरका इन्जेक्टेबल्स उत्पादनका लागि अत्याधुनिक प्रविधिसहितको उत्पादन प्लान्टमा ठूलो लगानी गरेको छ। अधिकांश मेसिनहरू अटोमेशन प्रणालीमा आधारित भएकाले मानव हस्तक्षेप न्यून हुने र उत्पादनको गुणस्तर उच्च स्तरमा कायम रहने कम्पनीले जनाएको छ। म्याग्नस फर्मामा थपिएको नयाँ ‘इन्जेक्टेबल प्लान्ट’ले विभिन्न इन्जेक्टेबल्स औषधीको भाइल र एम्पुलको उत्पादन सुरु गरेको छ।

“इन्जेक्टेबल्स उत्पादनमा गुणस्तर सधैं मुख्य चिन्ताको विषय रहँदै आएको छ। हामीले यस विषयलाई प्राथमिकता दिँदै कुनैपनि कमजोरी नगरी उत्पादन प्रक्रियामा विश्वस्तरीय उच्चतम मापदण्ड अपनाएका छौं,” म्याग्नस फर्मा का प्रबन्ध निर्देशक सुधिरप्रकाश मास्केले बताए।

हाल हामीले ५ प्रकारका इन्जेक्सन ब्रान्डहरू बजारमा ल्याएका छौँ ।

उनका अनुसार अहिले पारासिटामोल इन्फ्युजन,प्यान्टोप्राजोल इन्जेक्सन, लेभेटिरासेटाम इन्जेक्सन, फ्युरोसेमाइड इन्जेक्सन र हायोसिन इन्जेक्सन सहित इन्जेक्टेबल्सको उत्पादन सुरु गरेको हो।

यो म्याग्नस फर्मा को लागि मात्र सुरुवात हो। कम्पनीले निकट भविष्यमा अझ धेरै प्रकारका इन्जेक्टेबल्स औषधिहरू सबैभन्दा प्रतिस्पर्धी मूल्यमा र उच्चतम गुणस्तरसहित बजारमा ल्याउने तयारी गरिरहेको छ।

नेपाली औषधि उद्योगले नेपाली बजारमा मुख्य रूपमा ट्याब्लेट र क्याप्सुल उत्पादनमा ठूलो फड्को मारेको भए पनि, इन्जेक्सनका क्षेत्रमा भारतीय र बहुराष्ट्रिय औषधि कम्पनीहरूको तुलनामा हाम्रो बजार हिस्सेदारी निकै पछाडि रहेको छ। म्याग्नस फार्माद्वारा इन्जेक्टेबल्सको सुरुवात यस अन्तरलाई कम गर्न र देशलाई औषधिमा आत्मनिर्भर बनाउने दिशामा महत्वपूर्ण कदम हो।

म्याग्नस फर्माको यो कदमले नेपाली औषधि बजारमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ, जसले गुणस्तर र प्रविधिको नयाँ मापदण्ड स्थापित गर्नेछ।