Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
स्वास्थ्य समाचार

म्याग्नस फर्माद्वारा पारासिटामोल इन्फ्युजन सहित इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश

११ आश्विन २०८२ १४:५९

काठमाडौँ, ११ असोज । नेपालमै उच्च गुणस्तरीय औषधी उत्पादन र बिक्री वितरण गर्दै आइरहेको म्याग्नस फर्मा प्राइभेट लिमिटेडले पारासिटामोल इन्फ्युजन सहित इन्जेक्टेबल्स (Injectables) सेग्मेन्टमा प्रवेश गरेको  छ।

कम्पनीले उच्च गुणस्तरका इन्जेक्टेबल्स उत्पादनका लागि अत्याधुनिक प्रविधिसहितको उत्पादन प्लान्टमा ठूलो लगानी गरेको छ। अधिकांश मेसिनहरू अटोमेशन प्रणालीमा आधारित भएकाले मानव हस्तक्षेप न्यून हुने र उत्पादनको गुणस्तर उच्च स्तरमा कायम रहने कम्पनीले जनाएको छ। म्याग्नस फर्मामा थपिएको नयाँ ‘इन्जेक्टेबल प्लान्ट’ले विभिन्न इन्जेक्टेबल्स औषधीको भाइल र एम्पुलको उत्पादन सुरु गरेको छ।

“इन्जेक्टेबल्स उत्पादनमा गुणस्तर सधैं मुख्य चिन्ताको विषय रहँदै आएको छ। हामीले यस विषयलाई प्राथमिकता दिँदै कुनैपनि कमजोरी नगरी उत्पादन प्रक्रियामा विश्वस्तरीय उच्चतम मापदण्ड अपनाएका छौं,” म्याग्नस फर्मा का प्रबन्ध निर्देशक सुधिरप्रकाश मास्केले बताए।

हाल हामीले ५ प्रकारका इन्जेक्सन ब्रान्डहरू बजारमा ल्याएका छौँ ।

उनका अनुसार अहिले पारासिटामोल इन्फ्युजन,प्यान्टोप्राजोल इन्जेक्सन, लेभेटिरासेटाम इन्जेक्सन, फ्युरोसेमाइड इन्जेक्सन र हायोसिन इन्जेक्सन सहित इन्जेक्टेबल्सको उत्पादन सुरु गरेको हो।

यो म्याग्नस फर्मा को लागि मात्र सुरुवात हो। कम्पनीले निकट भविष्यमा अझ धेरै प्रकारका इन्जेक्टेबल्स औषधिहरू सबैभन्दा प्रतिस्पर्धी मूल्यमा र उच्चतम गुणस्तरसहित बजारमा ल्याउने तयारी गरिरहेको छ।

नेपाली औषधि उद्योगले नेपाली बजारमा मुख्य रूपमा ट्याब्लेट र क्याप्सुल उत्पादनमा ठूलो फड्को मारेको भए पनि, इन्जेक्सनका क्षेत्रमा भारतीय र बहुराष्ट्रिय औषधि कम्पनीहरूको तुलनामा हाम्रो बजार हिस्सेदारी निकै पछाडि रहेको छ। म्याग्नस फार्माद्वारा इन्जेक्टेबल्सको सुरुवात यस अन्तरलाई कम गर्न र देशलाई औषधिमा आत्मनिर्भर बनाउने दिशामा महत्वपूर्ण कदम हो।

म्याग्नस फर्माको यो कदमले नेपाली औषधि बजारमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ, जसले गुणस्तर र प्रविधिको नयाँ मापदण्ड स्थापित गर्नेछ।