Trending
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |    
समाचार

राष्ट्रपति पौडेल अस्पतालमा भर्ना, जेन-जीसँगको वार्ता स्थगित

२५ आश्विन २०८२ १८:२२

काठमाडौँ, २५ असोज ।राष्ट्रपति रामचन्द्र पौडेल अचानक अस्वस्थ भई अस्पताल भर्ना भएका छन् ।

उनीलाई एक्कासी टाउको दुख्ने र वान्ता हुने समस्या देखिएपछि आज बिहान त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो ।

राष्ट्रपति पौडेल आज बिहान शीतलनिवासमा जेन–जी युवाहरूसँग छलफल गर्दै थिए। छलफलकै क्रममा स्वास्थ्यमा समस्या देखिएपछि उनलाई तत्काल अस्पताल लगिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

जेन–जीका २२ जना अगुवासँगको वार्ता स्वास्थ्य समस्या देखिएपछि स्थगित गरिएको छ । हाल राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ ।