Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
समाचार

राष्ट्रपति पौडेल अस्पतालमा भर्ना, जेन-जीसँगको वार्ता स्थगित

२५ आश्विन २०८२ १८:२२

काठमाडौँ, २५ असोज ।राष्ट्रपति रामचन्द्र पौडेल अचानक अस्वस्थ भई अस्पताल भर्ना भएका छन् ।

उनीलाई एक्कासी टाउको दुख्ने र वान्ता हुने समस्या देखिएपछि आज बिहान त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो ।

राष्ट्रपति पौडेल आज बिहान शीतलनिवासमा जेन–जी युवाहरूसँग छलफल गर्दै थिए। छलफलकै क्रममा स्वास्थ्यमा समस्या देखिएपछि उनलाई तत्काल अस्पताल लगिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

जेन–जीका २२ जना अगुवासँगको वार्ता स्वास्थ्य समस्या देखिएपछि स्थगित गरिएको छ । हाल राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको बताइएको छ ।