Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
स्वास्थ्य समाचार

आपतकालीन बिरामी काठमाडौँ पुग्न नसक्दा स्वास्थ्य सेवा प्रभावित

२० आश्विन २०८२ ०८:४३

काठमाडौँ, २० असोज — लगातार वर्षा र पहिरोका कारण देशका विभिन्न स्थानमा सडक अबरुद्ध हुँदा सर्वसाधारणले स्वास्थ्य सेवा लिन कठिनाइ भोगिरहेका छन्। सडक अवरोधका कारण आपतकालीन बिरामीहरू काठमाडौँका अस्पतालसम्म पुग्न नसकेका छन्।

एम्बुलेन्सहरू समेत बाटोमै अलपत्र परेका छन्। बिरामी बोकेका केही एम्बुलेन्सहरू घण्टौँसम्म सडकमा अड्किएका छन् भने कतिपय स्थानमा बाटो नै खुलेको छैन।

स्थानीय नागरिकले बृद्ध, गर्भवती र गम्भीर बिरामीका लागि अत्यावश्यक स्वास्थ्य सेवा लिन नसक्ने अवस्था आएको बताइएका छन्। यस्तै, ग्रामीण स्वास्थ्य केन्द्रका कर्मचारीहरूले पनि औषधि र स्वास्थ्य सामग्री आपूर्ति अवरुद्ध भएको जनाएका छन्।

यातायात प्राधिकरणका अनुसार सम्बन्धित सडक खण्डमा डोजर र प्रहरी परिचालन गरी सडक खुलाउने प्रयास भइरहेको छ। तर निरन्तर वर्षाले काममा अवरोध पुर्‍याइरहेको जनाइएको छ।