Trending
प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |     मौसम धुम्म हुञ्जेल प्रदूषण बढ्ने, सचेत रहन आग्रह     |     बाजुराकी एक महिलालाई बाटोमै गराइयो प्रसुति     |     नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को घोषणापत्र सार्वजनिक : स्वास्थ्य सेवा निःशुल्क र सर्वसुलभ बनाउने…     |     पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम     |    
स्वास्थ्य समाचार

आपतकालीन बिरामी काठमाडौँ पुग्न नसक्दा स्वास्थ्य सेवा प्रभावित

२० आश्विन २०८२ ०८:४३

काठमाडौँ, २० असोज — लगातार वर्षा र पहिरोका कारण देशका विभिन्न स्थानमा सडक अबरुद्ध हुँदा सर्वसाधारणले स्वास्थ्य सेवा लिन कठिनाइ भोगिरहेका छन्। सडक अवरोधका कारण आपतकालीन बिरामीहरू काठमाडौँका अस्पतालसम्म पुग्न नसकेका छन्।

एम्बुलेन्सहरू समेत बाटोमै अलपत्र परेका छन्। बिरामी बोकेका केही एम्बुलेन्सहरू घण्टौँसम्म सडकमा अड्किएका छन् भने कतिपय स्थानमा बाटो नै खुलेको छैन।

स्थानीय नागरिकले बृद्ध, गर्भवती र गम्भीर बिरामीका लागि अत्यावश्यक स्वास्थ्य सेवा लिन नसक्ने अवस्था आएको बताइएका छन्। यस्तै, ग्रामीण स्वास्थ्य केन्द्रका कर्मचारीहरूले पनि औषधि र स्वास्थ्य सामग्री आपूर्ति अवरुद्ध भएको जनाएका छन्।

यातायात प्राधिकरणका अनुसार सम्बन्धित सडक खण्डमा डोजर र प्रहरी परिचालन गरी सडक खुलाउने प्रयास भइरहेको छ। तर निरन्तर वर्षाले काममा अवरोध पुर्‍याइरहेको जनाइएको छ।