Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
समाचार

जाडोयाम सुरु भएसँगै बिरामीको चाप बढ्दा अस्पतालमा शय्याको अभाव

२९ आश्विन २०८२ २०:१७

काठमाडौँ, २९ असोज।जाडोयाम सुरु हुनासाथ पछिल्ला केही दिनयता देशका विभिन्न प्रदेश अस्पतालमा बिरामीको सङ्ख्या तीव्र गतिमा बढेको छ। बिरामीको चाप बढ्दै गएपछि अस्पतालमा शय्या अभाव सिर्जना भएको छ, जसका कारण कतिपय बिरामीलाई आकस्मिक कक्षमै वा भुइँमा राखेर उपचार गर्नुपर्ने बाध्यता देखिएको छ।

पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बाँस्तोलाका अनुसार पछिल्ला दिनमा अस्पतालमा दैनिक करिब ३५० भन्दा बढी बिरामी आउँछन्। “केही दिनअघिसम्म ३०० भन्दा कम बिरामी आउँथे, अहिले एकै दिनमा ३९६ जनासम्म पुगेका छन्,” उनले बताए।

डा. बाँस्तोलाका अनुसार, अस्पतालको १५ शय्याको अनुमतिप्राप्त संरचनामा अहिले ६४ शय्या सञ्चालनमा छन्। जनशक्ति सीमित रहे पनि बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म निरन्तर बहिरङ्ग सेवा सञ्चालन गरेर बिरामीको चाप व्यवस्थापन गरिँदैछ।

उनले बताए, “भर्ना गरेर राख्नेगरी ओपिडीका २६ वटै शय्या भरिएका छन्। चिसो सुरु भएसँगै बिरामीको सङ्ख्या हरेक वर्ष यो समयमा बढ्छ, यस वर्ष अझ बढी चाप परेको छ।”

जनरल वार्डका शय्या भरिएपछि भर्ना गर्नुपर्ने बिरामीलाई आकस्मिक कक्षका शय्यामा राखिएको छ। आकस्मिक उपचारका बिरामीका लागि ठाउँ अभाव हुँदा केही बिरामीलाई भुइँमा राखेर पनि उपचार गर्नुपर्ने अवस्था आएको डा. बाँस्तोलाले बताए।

अस्पतालका चिकित्सक डा. एनिस श्रेष्ठका अनुसार हाल सिजनल फ्लुका कारण बालबालिकामा रुघाखोकी, ज्वरो, बान्ता र झाडापखाला जस्ता समस्या बढेका छन्। “एकै दिनमा १८ बालबालिकासम्म भर्ना गरेर उपचार गर्नुपरेको छ,” उनले बताए।

त्यस्तै, ज्येष्ठ नागरिकहरूमा दम, एलर्जी र श्वासप्रश्वाससम्बन्धी समस्या बढेको छ। अस्पतालको आकस्मिक कक्षमा दैनिक ४० जनासम्मले सेवा लिइरहेका छन्।

डा. बाँस्तोलाले भने, “अस्पतालको जनशक्ति, शय्या र उपकरण सीमित छन्। चिसो बढेसँगै सिजनल रोगहरूको सङ्ख्या अझ बढ्ने सम्भावना भएकाले स्थानीय निकाय र प्रदेश सरकारले समयमै सहयोग गर्न जरुरी छ।”