Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
जीवनशैली

कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि

११ जेष्ठ २०८१ १३:२७

काठमाडौं ११ जेठ । नेपालमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको नयाँ सव भेरियन्ट पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना भाइरस सङ्क्रमितमध्ये ४२ जना व्यक्तिको जिन सिक्वेन्सिङ गर्दा ‘केपी.१’ ‘केपी.२’ ‘केपी.३’ र ‘केपी.४’ पुष्टि भएको प्रयोगशालाका सूचना अधिकारी कृष्णप्रसाद जैसीले जानकारी दिए ।
उनका अनुसार गत अप्रिल र मे महिनामा सातवटै प्रदेशबाट नमुना सङ्कलन गरि जिन सिक्वेन्सिङ गरिएको थियो ।
तिमध्ये ‘केपी.१’ १२ जनामा, ‘केपी.२’ १७ जनामा, ‘केपी.३’ र ‘केपी.४’ एक÷एक जनामा देखिएको हो ।
“यो नयाँ भेरियन्ट होइन । ओमिक्रोन भेरियन्टकै सव भेरियन्ट हो । यसलाई नयाँ नाम मात्र दिइएको हो ” उनले भने ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले ‘केपी’ प्रजातिको भेरियन्ट सङ्ंक्रामक नभएकोले त्यति मतलव नगरिएको भन्दै पहिले पनि नेपालमा देखिएको हुनसक्ने बताए । “केपी प्रजातिको भेरियन्ट त्यति सङ्क्रामक छैन । त्यसैले हामीपनि मतलव गरेनौ । यसको प्रभाव खासै छैन” उनले भने ।
४२ वटा परीक्षणमा प्रयोगशालाका ओमिक्रोन (जेएन.१) ७ जनामा ओमिक्रोन (बीए.२), २ जनामा देखिएको छ ।