Trending
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |    
जीवनशैली

कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि

११ जेष्ठ २०८१ १३:२७

काठमाडौं ११ जेठ । नेपालमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको नयाँ सव भेरियन्ट पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना भाइरस सङ्क्रमितमध्ये ४२ जना व्यक्तिको जिन सिक्वेन्सिङ गर्दा ‘केपी.१’ ‘केपी.२’ ‘केपी.३’ र ‘केपी.४’ पुष्टि भएको प्रयोगशालाका सूचना अधिकारी कृष्णप्रसाद जैसीले जानकारी दिए ।
उनका अनुसार गत अप्रिल र मे महिनामा सातवटै प्रदेशबाट नमुना सङ्कलन गरि जिन सिक्वेन्सिङ गरिएको थियो ।
तिमध्ये ‘केपी.१’ १२ जनामा, ‘केपी.२’ १७ जनामा, ‘केपी.३’ र ‘केपी.४’ एक÷एक जनामा देखिएको हो ।
“यो नयाँ भेरियन्ट होइन । ओमिक्रोन भेरियन्टकै सव भेरियन्ट हो । यसलाई नयाँ नाम मात्र दिइएको हो ” उनले भने ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले ‘केपी’ प्रजातिको भेरियन्ट सङ्ंक्रामक नभएकोले त्यति मतलव नगरिएको भन्दै पहिले पनि नेपालमा देखिएको हुनसक्ने बताए । “केपी प्रजातिको भेरियन्ट त्यति सङ्क्रामक छैन । त्यसैले हामीपनि मतलव गरेनौ । यसको प्रभाव खासै छैन” उनले भने ।
४२ वटा परीक्षणमा प्रयोगशालाका ओमिक्रोन (जेएन.१) ७ जनामा ओमिक्रोन (बीए.२), २ जनामा देखिएको छ ।