Trending
१३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |    
स्वास्थ्य समाचार

वरिष्ठ रेडियोलोजिष्ट डा आनन्द प्रसाद श्रेष्ठ ॐ अस्पतालको अध्यक्षमा सर्बसम्मत निर्बाचित

१४ जेष्ठ २०८१ १४:५१

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिको २७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। काठमाण्डौ को आकमा  होटलमा शनिबार सम्पन्न साधारण सभाले नव निर्वाचित सञ्चालकहरु मध्येवाट वरिष्ठ रेडियोलोजिष्ट डा आनन्द प्रसाद श्रेष्ठलाई सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मतबाट चयन गरेको छ।

हस्पिटलका सञ्चालकहरुमा सरला रिजाल, डा हरिकिशोर श्रेष्ठ, डा गिसुपनिख प्रसिको, डा राजेश किशोर श्रेष्ठ, डा रिता सिंह हमाल, शरदकान्त अधिकारी, हरिप्रसाद पाठक, विजय मल्ल,  बाबुकाजी कार्की,  प्राडा जागेश्वर शर्मा गौतम निर्वाचित भएका छन्।नवनियुक्त अध्यक्ष श्रेष्ठले निर्वाचन समितिलाई धन्यवाद ज्ञापन गर्दै साधारण सभामा उपस्थित अस्पतालका संचालक तथा शेयरधनीरुलाई धन्यवाद तथा कृतज्ञता ज्ञापन गरे।