Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
स्वास्थ्य समाचार

करारमा वीर अस्पतालले माग्यो एक सय जना स्टाफ नर्स

१४ जेष्ठ २०८१ १५:०७

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), करारमा वीर अस्पतालले एकसय जना स्टाफ नर्सका लागि रोजगारीको अवसर खुलाएको छ।मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र तह उत्तिर्ण भई नेपाल नर्सिङ काउन्सिल मा दर्ता भएका स्टाफ नर्सका लागि पाँचौ तहमा आवेदन खुलाएको हो।

करारमा काम गर्न इच्छुक स्टार्फ नर्सले जेठ १७ गते सम्ममा अस्पतालमा गई आवेदन दिन सक्ने जनाइएको छ। अस्पतालले यसअघि गत मंसिरमा पनि विज्ञापन खुलाएको थियो। तर विविध कारणले उक्त प्रक्रिया रोकिएको थियो। यसपटकको विज्ञापनमा यसअघिको प्रक्रियामा संकलन भएका आवेदनलाई समेत स्वत कायम हुने गरी नयाँलाई पनि आवेदन दिन भनेको हो।

उनीहरुको करार अवधि स्वास्थ्य मन्त्रालयको पुल दरवन्दी अन्तर्गत लोक सेवा आयोगबाट स्थायी पदपूर्ती भई आएमा वा अस्पताललाई आवश्यक नभएमा स्वत हट्ने जनाइएको छ।

अस्पतालले लिखित परीक्षामा सबैभन्दा अगाडि नम्बर ल्याउन सफल हुने एक सय जनालाई नै रोलक्रम (मेरिट) का आधारमा नियुक्त गर्ने छ। ‘लिखित परीक्षाको नतिजामा मेरिटमा अगाडि आउने सय जनाले रोजगारी पाउने छन्,’ न्याम्सका उपकुलपति प्राडा भुपेन्द्र बस्नेतले भने, ‘अस्पतालले पारदर्शी रुपमा नियुक्ति प्रक्रिया अगाडि बढाउने छ। उनले एक देखि सयसम्म मेरिटमा रहेका र त्यसपछिका ५० जनालाई वैकल्पिकका रुपमा राख्ने छौं।’