Trending
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |    
स्वास्थ्य समाचार

करारमा वीर अस्पतालले माग्यो एक सय जना स्टाफ नर्स

१४ जेष्ठ २०८१ १५:०७

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), करारमा वीर अस्पतालले एकसय जना स्टाफ नर्सका लागि रोजगारीको अवसर खुलाएको छ।मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र तह उत्तिर्ण भई नेपाल नर्सिङ काउन्सिल मा दर्ता भएका स्टाफ नर्सका लागि पाँचौ तहमा आवेदन खुलाएको हो।

करारमा काम गर्न इच्छुक स्टार्फ नर्सले जेठ १७ गते सम्ममा अस्पतालमा गई आवेदन दिन सक्ने जनाइएको छ। अस्पतालले यसअघि गत मंसिरमा पनि विज्ञापन खुलाएको थियो। तर विविध कारणले उक्त प्रक्रिया रोकिएको थियो। यसपटकको विज्ञापनमा यसअघिको प्रक्रियामा संकलन भएका आवेदनलाई समेत स्वत कायम हुने गरी नयाँलाई पनि आवेदन दिन भनेको हो।

उनीहरुको करार अवधि स्वास्थ्य मन्त्रालयको पुल दरवन्दी अन्तर्गत लोक सेवा आयोगबाट स्थायी पदपूर्ती भई आएमा वा अस्पताललाई आवश्यक नभएमा स्वत हट्ने जनाइएको छ।

अस्पतालले लिखित परीक्षामा सबैभन्दा अगाडि नम्बर ल्याउन सफल हुने एक सय जनालाई नै रोलक्रम (मेरिट) का आधारमा नियुक्त गर्ने छ। ‘लिखित परीक्षाको नतिजामा मेरिटमा अगाडि आउने सय जनाले रोजगारी पाउने छन्,’ न्याम्सका उपकुलपति प्राडा भुपेन्द्र बस्नेतले भने, ‘अस्पतालले पारदर्शी रुपमा नियुक्ति प्रक्रिया अगाडि बढाउने छ। उनले एक देखि सयसम्म मेरिटमा रहेका र त्यसपछिका ५० जनालाई वैकल्पिकका रुपमा राख्ने छौं।’