Trending
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को घोषणापत्र सार्वजनिक : स्वास्थ्य सेवा निःशुल्क र सर्वसुलभ बनाउने…     |     पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम     |     एचपिभी खोप सुरक्षित छ, निर्धक्कसँग लगाउनुहोस्ः मन्त्री गौतम     |     पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै     |     ‘स्वास्थ्य बीमा कार्यक्रमलाई आवश्यक सुधार गर्नुपर्छ’     |     म्याग्दीमा नसर्ने रोगका बिरामी पहिचान गर्न टोलमै स्वास्थ्य परीक्षण     |     लहान अस्पताल काण्ड : किशोरीको शव अर्कैको हातमा     |     त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा सेवा सुचारु गर्ने विषयमा छलफल     |     मलंगवामा दादुरा विरुद्धको खोप अभियान सुरु     |     शुक्रराज सरुवा अस्पतालको निर्देशकमा बाँस्तोला     |    
यौन स्वास्थ्य

नेकपा एमालेको महिला भेलामा सहभागिहरुको ‘पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ’ गर्न थालियो

१७ जेष्ठ २०८१ १८:१८

काठमाडौँ, १७ जेठ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) जनसंगठन समन्वय संयन्त्रद्वारा आज यहाँ आयोजित राष्ट्रिय महिला भेलाको भव्य समारोहबीच उद्घाटन गर्नुभयो ।  नेकपा (एमाले)को जारी राष्ट्रिय महिला भेलामा महिला भेलामा ‘पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ’ गर्न थालिएको छ ।
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको आयोजनामा भेलामा सहभागि महिलाहरुको ‘पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ’ गर्न थालिएको हो ।
महासंघका उपाध्यक्ष शारदा खनालले एक हजार जना महिलाको ‘एचपिभि डिएन प्रविधि’बाट ‘पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ’ गर्न थालिएको जानकारी दिइन् ।
भेला स्थल वबरमहलस्थित कार्की व्याङकेटमा महिलाको ‘पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ’ गर्न थालिएको छ।
नेपालका महिलालाई लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर सवैभन्दा बढी लाग्ने गर्दछ । विश्वमा भने महिलालाई सवभन्दा बढी स्तनक्यान्सर हुने गरेको पाईएको छ।