Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
यौन स्वास्थ्य

नेकपा एमालेको महिला भेलामा सहभागिहरुको ‘पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ’ गर्न थालियो

१७ जेष्ठ २०८१ १८:१८

काठमाडौँ, १७ जेठ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) जनसंगठन समन्वय संयन्त्रद्वारा आज यहाँ आयोजित राष्ट्रिय महिला भेलाको भव्य समारोहबीच उद्घाटन गर्नुभयो ।  नेकपा (एमाले)को जारी राष्ट्रिय महिला भेलामा महिला भेलामा ‘पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ’ गर्न थालिएको छ ।
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको आयोजनामा भेलामा सहभागि महिलाहरुको ‘पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ’ गर्न थालिएको हो ।
महासंघका उपाध्यक्ष शारदा खनालले एक हजार जना महिलाको ‘एचपिभि डिएन प्रविधि’बाट ‘पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ’ गर्न थालिएको जानकारी दिइन् ।
भेला स्थल वबरमहलस्थित कार्की व्याङकेटमा महिलाको ‘पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ’ गर्न थालिएको छ।
नेपालका महिलालाई लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर सवैभन्दा बढी लाग्ने गर्दछ । विश्वमा भने महिलालाई सवभन्दा बढी स्तनक्यान्सर हुने गरेको पाईएको छ।