Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
अन्तर्वार्ता

गाँजालाई वैधानिकता दिने सरकारको निर्णयबाट शेरबहादुर खुसी

१७ जेष्ठ २०८१ २०:२७

काठमाडौं १७ जेठ। गाँजा खेतीको पक्षमा निरन्तर वकालत गरिरहेका एमाले नेता एवं पूर्वकानुनमन्त्री शेरबहादुर तामाङ अगामी आर्थिक वर्षको बजेटमा गाँजा खेतीलाई वैधानिकता दिने सरकारको निर्णयले आफ्नो मागले सार्थकता पाएको बताएका छन् ।

बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै तामाङले विश्व स्वास्थ्य संगठनले समेत गाँजालाई औषधीय गुण भएको वनस्पति उल्लेख गरिसकेको भन्दै सरकारको यो निर्णय स्वागतयोग्य रहेको बताएका हुन् ।

उनले भने, ‘गाँजा खेतीको व्यवस्थापन तथा नियमन गर्न बनेको विधेयकलाई २०७६  फागुन १९ गते गैरसरकारी विधेयकका रुपमा दर्ता गरेका थियौं । विश्व स्वास्थ्य संगठनले समेत गाँजा हानिकारक लागुऔषधि होइन, औषधीय गुण भएको वनस्पति भएको बताएको छ । उसले यसलाई हानिकारक लागुऔषधको सूचीबाट हटाएको छ । पछि लामो समयसम्म पनि हामीले अघि सारेको विधेयक पास हुन नसकेको अवस्थामा गत आर्थिक वर्षको बजेटमा गाँजालाई औषधीय प्रयोजनको लागि खुला गर्ने बोलेको भए पनि सरकारले बाँकी प्रक्रिया अगाडि बढाएन । अहिले बजेटमा समेटेको छ ।’

मंगलबार अगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले गाँजा खेतीलाई वैधानिकता दिई, आवश्यक कानुन बनाउने र कोदोको रक्सीको ब्राण्डिङको विषयमा वक्तव्य दिएका थिए ।

तामाङले भने, ‘हिजोमात्र संसदमा भएको बजेट भाषणको ४९ नम्बर बुँदामा गाँजाको औषधीय प्रयोजनका लागि यसको खेती गर्ने र आवश्यक कानुन बनाउने उल्लेख गरिएको छ । त्यसपछि बजेटकै ९४ नम्बर बुँदामा कोदोको रक्सीको उत्पादन, बजारीकरण र कानुनी व्यवस्था मिलाउने उल्लेख गरिएको छ । त्यसकारण  सरकारलाई धेरै धन्यावाद दिन चाहन्छु ।’

सरकारले गाँजाको वैधानिकताबारे बजेटमा समावेश गरिसकेको भन्दै अब प्रहरीले गाँजा फडानी गर्न आए प्रतिवाद गर्न समेत उनको आग्रह थियो ।