Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
आयुर्वेद

गाँजाको औषधि बेचेर २ खर्ब राजश्व उठाउन सकिने सांसद गुरुङको भनाई

२१ जेष्ठ २०८१ १५:४६

काठमाडौं । पूर्वमन्त्री धनराज गुरुङले गाँजा खेतीको सन्दर्भमा कानून निर्माण गर्ने कुरा पहिला देखि नै उठाउँदै आइरहेको भन्दै गाँजालाई औषधी बनाएर प्रशोधन गर्न सक्यौं भने २ खर्ब राजश्व वृद्धि हुने बताए ।

आज प्रतिनिधि सभामा बोल्दै्र उनले भने, ‘गाँजा खेतीको सन्दर्भमा कानून बनाउनको लागि त्यो सँग सम्बन्धी मन्त्री र सचिवहरुलाई छिटो यस सम्बन्धी कानून तर्जुमा गरेर ल्याउन भनेको थिएँ । यसलाई औषधीजन्यको रुपमा  यसको प्रवद्र्धन गर्नुपर्छ । यसलाई प्रतिबन्ध लगाउने कुरा गलत भइरहेको छ त्यसकारणले गर्दा यसलाई औषधी बनाउनको लागि गाँजा खेती गर्न सक्छौं । हामीले गाँजालाई औषधी बनाएर प्रशोधन गर्न सक्यौ भने २ खर्ब आजको लिनमा राजश्व वृद्धि हुन्छ । यसतर्फ पनि ध्यान दिनुपर्छ ।’

सांसद गुरुङले सत्तामा हुँदा मात्र नेपाल बनाउने प्रतिपक्षमा हुँदा नबनाउने भन्ने भाष्य गलत भएको भन्दै सबैको साथ सहयोगका साथ नेपाल निमार्ण गर्नुपर्ने बताए ।

उनले भने, ‘साथ सहयोग गरेर अघि बढौं, नेपाल बनाउने सबै मिलेर हो । सत्तामा हुदाँ मात्र नेपाल बनाउने प्रतिपक्षमा हुँदा नबनाउने होइन । यस्तो दृष्टिकोणसहित हामी अगाडि बढौं । योजनाहरु बनाउ र अगाठि बढौं म निवेदन गर्न चाहन्छु । अर्थ मन्त्री त परिवर्तन भइ रहन्छ अब नेपाली जनताको जीवन परिवर्तन गर्ने प्रण गरौं ।’

उनले राजश्व वृद्धि गर्न गारो छ गारो छ भनेर बसेर नहुने भन्दै यसलाई कसरी सजिलो बनाउन सकिन्छ त्यसतर्फ सरकारले ध्यान दिनु पर्ने बताए ।

उनले भने, ‘राजस्वका लक्ष्यका सन्दर्भमा हामीले राजस्व कसरी बढाउन सकिन्छ, करको दायरा बढाउनु पर्छ । यो गैर कानूनी जुन कारोबारहरु छन्, त्यसलाई बन्द गर्ने हो भने हामीले १२ खर्बबाट धेरै माथि राजस्व उठाउन सकिन्छ । खाली गारो छ गारो छ भन्ने होइन कसरी सजिलो हुन्छ त त्यो कुरा पनि हामीले बताउनु पर्छ भन्ने मलाई लाग्छ । हाम्रो प्रवृत्ति भनेको हामीले हरेक कुरालाई नकारात्मक रुपमा मात्र हेर्ने छ त्यसकारण नकारात्मक पक्षमा मात्र छलफल गर्दा सबै कुरा नकारात्मक तरिकाले नै अघि बढ्छ ।’

यसको साथै घरेलु मदिरा सम्बन्धी पनि कानून बनाएर यसलाई व्यवस्थापन गर्न सक्यांै भने थप अर्को २ खर्ब रुपैयाँ राजश्व उठ्ने भन्दै यही पैसा भएपनि छैन भन्ने अनि हात थाप्ने बानीले बसेको पनि उनको भनाइ छ ।