Trending
प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |     मौसम धुम्म हुञ्जेल प्रदूषण बढ्ने, सचेत रहन आग्रह     |     बाजुराकी एक महिलालाई बाटोमै गराइयो प्रसुति     |     नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को घोषणापत्र सार्वजनिक : स्वास्थ्य सेवा निःशुल्क र सर्वसुलभ बनाउने…     |     पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम     |    
स्वास्थ्य समाचार

वैदेशिक रोजगारीबाट फर्किएकाको ३ महिना भित्र स्वास्थ्य परीक्षण गर्न सांसद गिरीको माग

२२ जेष्ठ २०८१ ०६:५४

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री दीपक गिरीले विदेशबाट काम गरेर फर्किएका नेपालीहरुलाई तीन महिनाभित्र अनिवार्य स्वास्थ्य परीक्षणको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले मुलुकमा मृगौलाका कुल बिरामीमध्ये झण्डै ३० प्रतिशत खाडी मुलुकमा काम गरेर फर्केका नेपाली रहेको तथ्यांकहरुले देखाएको जनाए ।
‘त्यसैले म विदेशबाट फर्किएका नेपालीहरुलाई तीन महिनाभित्र नजिकको सरकारी अस्पतालमा गएर अनिवार्य स्वास्थ्य परीक्षण गर्न र यदि कुनै उपचार गर्नुपर्ने भए उपचारको सम्पूर्ण खर्च वैदेशिक रोजगार बोर्ड र सामाजिक सुरक्षा कोषबाट व्यहोर्ने व्यवस्था मिलाउन नेपाल सरकारसँग जोडदार माग गर्दछु,’ उनले भने ।
रेमिटान्सले नेपाली अर्थतन्त्र धानिइरहेको भए तापनि यसका लागि नेपालीले ठूलो मूल्य पनि तिर्नु परिरहेको उनले बताए । वैदेशिक रोजगारमा गएका नेपालीको स्वास्थ्यको हेरविचार गर्ने जिम्मा पनि राज्यको भएको उनको भनाइ छ ।
वैदेशिक रोजगार बोर्डका अनुसार विदेश पुगेका नेपाली श्रमिकमध्ये आर्थिक वर्ष २०७७÷७८ को तुलनामा २०७८÷७९ मा मृत्यु हुनेको संख्या ५ प्रतिशत वृद्धि भएको छ भने २०७९÷८० मा १ प्रतिशत घटेको छ ।
त्यस्तै, अंगभंग तथा बिरामी श्रमिकको दर २०७७÷७८ मा १८.५० प्रतिशत रहेकोमा २०७८÷७९ मा ३१.९५ र २०७९÷८० मा ४९.५४ प्रतिशतले वृद्धि भएको छ।मृत्यु हुने श्रमिकको संख्यामा कमी आए तापनि अंगभंग हुने तथा बिरामीको दर बढ्दो क्रममा रहेको महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमै उल्लेख छ ।