Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
स्वास्थ्य समाचार

वैदेशिक रोजगारीबाट फर्किएकाको ३ महिना भित्र स्वास्थ्य परीक्षण गर्न सांसद गिरीको माग

२२ जेष्ठ २०८१ ०६:५४

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री दीपक गिरीले विदेशबाट काम गरेर फर्किएका नेपालीहरुलाई तीन महिनाभित्र अनिवार्य स्वास्थ्य परीक्षणको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले मुलुकमा मृगौलाका कुल बिरामीमध्ये झण्डै ३० प्रतिशत खाडी मुलुकमा काम गरेर फर्केका नेपाली रहेको तथ्यांकहरुले देखाएको जनाए ।
‘त्यसैले म विदेशबाट फर्किएका नेपालीहरुलाई तीन महिनाभित्र नजिकको सरकारी अस्पतालमा गएर अनिवार्य स्वास्थ्य परीक्षण गर्न र यदि कुनै उपचार गर्नुपर्ने भए उपचारको सम्पूर्ण खर्च वैदेशिक रोजगार बोर्ड र सामाजिक सुरक्षा कोषबाट व्यहोर्ने व्यवस्था मिलाउन नेपाल सरकारसँग जोडदार माग गर्दछु,’ उनले भने ।
रेमिटान्सले नेपाली अर्थतन्त्र धानिइरहेको भए तापनि यसका लागि नेपालीले ठूलो मूल्य पनि तिर्नु परिरहेको उनले बताए । वैदेशिक रोजगारमा गएका नेपालीको स्वास्थ्यको हेरविचार गर्ने जिम्मा पनि राज्यको भएको उनको भनाइ छ ।
वैदेशिक रोजगार बोर्डका अनुसार विदेश पुगेका नेपाली श्रमिकमध्ये आर्थिक वर्ष २०७७÷७८ को तुलनामा २०७८÷७९ मा मृत्यु हुनेको संख्या ५ प्रतिशत वृद्धि भएको छ भने २०७९÷८० मा १ प्रतिशत घटेको छ ।
त्यस्तै, अंगभंग तथा बिरामी श्रमिकको दर २०७७÷७८ मा १८.५० प्रतिशत रहेकोमा २०७८÷७९ मा ३१.९५ र २०७९÷८० मा ४९.५४ प्रतिशतले वृद्धि भएको छ।मृत्यु हुने श्रमिकको संख्यामा कमी आए तापनि अंगभंग हुने तथा बिरामीको दर बढ्दो क्रममा रहेको महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमै उल्लेख छ ।