Trending
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान मा २१ बर्षकी सुत्केरीको मृत्यु     |     स्वास्थ्य बिमा अभिमुखीकरण कार्यक्रम प्युठानमा     |     आगामी वर्ष २० प्रकारका औषधि उत्पादन गर्ने नेपाल औषधि लिमिटेडको लक्ष्य     |     ललितपुर महानगरपालिका पूर्णखोप घोषणा     |     औषधिको मूल्य नीति सुझाव समितिले बुझाएको प्रतिवेदनलाई पुनरावलोकन गर्ने     |     सुर्ती सेवनले यौन दुर्बलता बढाउने     |     करोडौ क्षतिपूर्ति तिराउने उपभोक्ता अदालतको निर्णयले चिकित्सा क्षेत्र तरंगित     |     इँटा भट्टामा काम गरेर ४ जिपिए ल्याएकी गोमा भन्छिन् – ‘डाक्टर बन्ने चाहना छ’     |     नेत्रज्योति सङ्घद्वारा विदेशमा सेवा विस्तार     |     राष्ट्रसंघीय क्षेत्रीय मन्त्रीस्तरीय बैठकमा मन्त्री प्रदीप पौडेलको सम्बोधन, डिजिटल स्वास्थ्यबारे विमर्श     |    
आयुर्वेद

गाँजा अध्ययन नियमावली ल्याउदै : गृहमन्त्री रबि लामिछाने

२६ जेष्ठ २०८१ ०७:५५

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले औषधिजन्य उपयोगका लागि गाँजाको व्यवसायिक खेती सम्बन्धी अध्ययन सरकारले नियमावली ल्याएर गर्ने बताएका छन् ।

सिंहदरबारमा शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा गाँजाखेतीका विषयमा छलफल भएको हो । औषधिजन्य प्रयोजनका लागि व्यवसायिक उत्पादन, प्रशोधन तथा बिक्री वितरण लगायतका विषयमा छलफल गर्न विभिन्न मन्त्रालयका प्रतिनिधि सहभागी भए । गृहमन्त्री लामछिानेले गाँजाको औषधिजन्य उपयोगका लागि सरकारले नियम बनाउने विषय बजेटमा स्पष्ट भइसकेको भन्दै नियमावली ल्याएर नै अध्ययन गर्ने प्रष्ट पारे ।

‘औषधीय र औद्योगिक प्रयोजनका लागि हामीले गाँजासम्बन्धी कानुनी रुपमा नियमावली बनाएर अध्ययन गर्न सक्ने कुरालाई खोल्ने कुरामा हामी स्पष्ट छांै । सरकारले नीति कार्यक्रम र बजेटमार्फत पनि भनिसकेको कुरा हो,’ उनले भने, ‘यसैको सुनिश्चितता नै आज यहाँको प्रतिबद्धता हो । यसको नियमावली बनाएर अध्ययन गरी खुला गर्ने प्रतिबद्धता गरेका छौं ।’

त्यस्तै उनले समितिको बैठक पक्ष र विपक्ष नरहेको भन्दै कतिपय ठाउँमा सबै एकै ठाउँमा उभिनसक्ने ठाउँ पनि रहेको धारणा राखे ।

उनले भने, ‘सभापतिज्यू कतिपय ठाउँमा त हामी एकै ठाउँमा उभिनसक्ने ठाउँ पनि रहेछ नि । भनिन्छ नि, सबै एकै ठाउँमा उभिएको जस्तो समितिको बैठक यहाँ पक्ष र विपक्ष रहेन । गजब लाग्यो, यो आफैमा एउटा महत्वपूर्ण कुरा हो ।’

त्यस्तै, बैठकमा बोल्दै अर्थमन्त्री वर्षमान पुनले गाँजाले बनेको झोला बोकेर आफूले बजेट प्रस्तुत गरेको बताए ।

गाँजाको उत्पादन गाउँगाउँमा भइरहेको बताउँदै उनले अप्रत्यक्ष रूपमा खेती हुनु सामान्यजस्तो रहेको भन्दै दाना उत्पादन, रेसा उत्पादन भइरहेको भेटिने गरेको बताए ।

उनले भने, ‘नेपाली उत्पादनको ब्याग भनेर बजेटको ब्याग नै गाँजाको हो । कसले उत्पादन ग¥यो थाहा थिएन । गाँजाको झोला बोकेर बजेट प्रस्तुत गरियो । अनुसन्धानका लागि गाँजा तत्काल खुला गरौं । धेरै डराउनुपर्दैन, अरू उत्पादनलाई विस्तारै कानुनी व्यवस्था गर्दै जाउँला ।’

गाँजालाई वैधानिकता दिन कानुनी रुपमा झन्झट भइरहेको बताउँदै सबै मिलेर गाँठो खोल्नुपर्ने उनको भनाइ थियो ।