Trending
प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |     मौसम धुम्म हुञ्जेल प्रदूषण बढ्ने, सचेत रहन आग्रह     |     बाजुराकी एक महिलालाई बाटोमै गराइयो प्रसुति     |     नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को घोषणापत्र सार्वजनिक : स्वास्थ्य सेवा निःशुल्क र सर्वसुलभ बनाउने…     |     पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम     |    
आयुर्वेद

गाँजा अध्ययन नियमावली ल्याउदै : गृहमन्त्री रबि लामिछाने

२६ जेष्ठ २०८१ ०७:५५

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले औषधिजन्य उपयोगका लागि गाँजाको व्यवसायिक खेती सम्बन्धी अध्ययन सरकारले नियमावली ल्याएर गर्ने बताएका छन् ।

सिंहदरबारमा शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा गाँजाखेतीका विषयमा छलफल भएको हो । औषधिजन्य प्रयोजनका लागि व्यवसायिक उत्पादन, प्रशोधन तथा बिक्री वितरण लगायतका विषयमा छलफल गर्न विभिन्न मन्त्रालयका प्रतिनिधि सहभागी भए । गृहमन्त्री लामछिानेले गाँजाको औषधिजन्य उपयोगका लागि सरकारले नियम बनाउने विषय बजेटमा स्पष्ट भइसकेको भन्दै नियमावली ल्याएर नै अध्ययन गर्ने प्रष्ट पारे ।

‘औषधीय र औद्योगिक प्रयोजनका लागि हामीले गाँजासम्बन्धी कानुनी रुपमा नियमावली बनाएर अध्ययन गर्न सक्ने कुरालाई खोल्ने कुरामा हामी स्पष्ट छांै । सरकारले नीति कार्यक्रम र बजेटमार्फत पनि भनिसकेको कुरा हो,’ उनले भने, ‘यसैको सुनिश्चितता नै आज यहाँको प्रतिबद्धता हो । यसको नियमावली बनाएर अध्ययन गरी खुला गर्ने प्रतिबद्धता गरेका छौं ।’

त्यस्तै उनले समितिको बैठक पक्ष र विपक्ष नरहेको भन्दै कतिपय ठाउँमा सबै एकै ठाउँमा उभिनसक्ने ठाउँ पनि रहेको धारणा राखे ।

उनले भने, ‘सभापतिज्यू कतिपय ठाउँमा त हामी एकै ठाउँमा उभिनसक्ने ठाउँ पनि रहेछ नि । भनिन्छ नि, सबै एकै ठाउँमा उभिएको जस्तो समितिको बैठक यहाँ पक्ष र विपक्ष रहेन । गजब लाग्यो, यो आफैमा एउटा महत्वपूर्ण कुरा हो ।’

त्यस्तै, बैठकमा बोल्दै अर्थमन्त्री वर्षमान पुनले गाँजाले बनेको झोला बोकेर आफूले बजेट प्रस्तुत गरेको बताए ।

गाँजाको उत्पादन गाउँगाउँमा भइरहेको बताउँदै उनले अप्रत्यक्ष रूपमा खेती हुनु सामान्यजस्तो रहेको भन्दै दाना उत्पादन, रेसा उत्पादन भइरहेको भेटिने गरेको बताए ।

उनले भने, ‘नेपाली उत्पादनको ब्याग भनेर बजेटको ब्याग नै गाँजाको हो । कसले उत्पादन ग¥यो थाहा थिएन । गाँजाको झोला बोकेर बजेट प्रस्तुत गरियो । अनुसन्धानका लागि गाँजा तत्काल खुला गरौं । धेरै डराउनुपर्दैन, अरू उत्पादनलाई विस्तारै कानुनी व्यवस्था गर्दै जाउँला ।’

गाँजालाई वैधानिकता दिन कानुनी रुपमा झन्झट भइरहेको बताउँदै सबै मिलेर गाँठो खोल्नुपर्ने उनको भनाइ थियो ।