Trending
विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     घरमै स्वास्थ्य सेवा दिने किष्टको ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग     |     १३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |    
समाचार

तपाईं योजना बनाउनुहोस , बजेट म मिलाउँछुः स्वास्थ्य मन्त्री यादव

२६ जेष्ठ २०८१ ०८:३०

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवज्यूले आज पुनः काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टरको अनुगमन गरेका छन् । यसअघि जेठ ९ गते उनले अस्पतालको अनुगमन गर्दै विभिन्न समस्याहरू औँल्याउनुका साथै सुधारका लागि निर्देशन दिए ।

आजको अनुगमनका क्रममा उनले अस्पतालमा उल्लेख्य सुधार भएको पाएको बताए । ओपिडी व्यवस्थापनमा सुधार आएको, भिडभाड कम भएको, र रगत सङ्कलन गर्ने ठाउँलाई विस्तार गरिएको उनले जानकारी दिए। यद्यपि आइसियुमा बेड पाउन गाह्रो रहेको समस्या भने कायम रहेको बताउँदै, आइसियुको सङ्ख्या थप्न सुझाव  समेत  दिनु भयो र त्यसको लागि बजेटको ब्यवस्था गर्ने समेत मन्त्री यादवले बताए ।

उनले राष्ट्रिय ट्रमा सेन्टरलाई देशकै एक महत्त्वपूर्ण  र नमुना अस्पतालको रूपमा वर्णन गर्दै यसको शाखाहरू देशका बिभिन्न स् स्थानमा पनि स्थापना गर्नुपर्नेमा जोड दिए । । उनले भने, “देशभरका बिरामीहरूको चाप एक्लै ट्रमा सेन्टरले थेग्न सक्दैन, तपाईँहरूलाई धेरै भार परिरहेको छ। देशका अन्य स्थानमा पनि ट्रमा सेन्टरका शाखाहरू खोल्न जरुरी छ। यसका लागि म पहल गर्नेछु ।

उनले ट्रमा सेन्टरमा भएको सुधारबाट आफू धेरै खुसी भएको बताउँदै अन्य अस्पतालहरूले पनि यसलाई अनुकरण गर्दै सुधार गर्दा अधिकांश समस्याको समाधान हुने विश्वास व्यक्त गरे ।

जनशक्ति अभावका कारण अस्पतालमा सेवा प्रवाहमा चुनौतीहरू रहेको बताउँदै माननीय मन्त्रीज्यूले देशभरका अस्पतालमा जनशक्ति थप्ने कार्यमा लागिरहेको जानकारी दिए। उनले नर्सिङ स्टाफको अभाव समाधान गर्न नर्सिङ स्टाफ थप्ने प्रक्रिया सुरु भएको जानकारी गराए। साथै, चिकित्सक र कर्मचारीहरूलाई निर्धक्क भएर काम गर्न आग्रह गर्दै बजेट व्यवस्थापनको जिम्मा आफूले लिने आश्वासन दिए। “तपाईँहरू निर्धक्क भएर काम गर्नुहोस्, बजेट व्यवस्थापनको जिम्मा मेरो हो । कहाँबाट मागेर ल्याउनु पर्छ म गर्छु तर तपाईँहरूलाई अप्ठ्यारो हुन् दिन्न,” उनले भने।