Trending
१३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |    
स्वास्थ्य समाचार

क्यान्सर पीडित नक्कली ‘प्रचण्ड’लाई गोरेटोको आर्थिक सहयोग

२६ जेष्ठ २०८१ १९:४४

काठमाडौं । एक वर्षदेखि क्यान्सर रोगसँग लडिरहेका कलाकार घनश्याम गौतम थप उपचारका लागि भारत जाने भएका छन् ।
आन्द्रामा तेस्रो स्टेजको क्यान्सरसँग लडिरहेका नक्कली‘प्रचण्ड’को उपनामले चिनिएका घनश्याम गतवर्ष गाईजात्राको समयमा प्रचण्डको नक्कल गर्न ठिक्क परेका बेला क्यान्सर भएको पुष्टि भएपछि एक वर्षदेखि ओछ्यानमा थलिएका छन् ।
उपचारमा आर्थिक अभाव भएका बेला कलाकार गौतमलाई गोरेटो कन्सलट्यान्सीले आर्थिक सहयोग गरेको छ । गोरेटो कन्सलट्यान्सीले कलाकार गौतमलाई १५ हजार रुपैयाँ र मेडिकल सामाग्री उपलब्ध गराएको छ ।
गोरेटो कन्सलट्यान्सीले उनकै निवासमा पुगेर उक्त रकम र मेडिकल सामाग्री उपलब्ध गराएको हो । विगत वर्षदिनदेखि क्यान्सरले थलिएर नेपालमा उपचार गराउँदा २५ लाख बढी रकम खर्च गरिसकेका छन् । उनी भन्छन् ,‘मेरो क्षमताले भ्याएसम्मको उपचार गरेँ । अब भारतमा थप उपचारका लागि जाँदैछु । तर कसरी उपचार गर्ने भन्ने सोच्नै सकेको छैन ।’
क्यानडा अध्ययन सम्बन्धी भरपर्दो शैक्षिक परामर्श केन्द्र गोरेटोले पछिल्ला दिनमा विभिन्न किसिमका सामाजिक क्रियाकलापमा पनि हात हाल्दै आएका बेला कलाकार गौतमको घाउमा सानै भए पनि मलम लगाउने प्रयास गरेको गोरेटो कन्सल्ट्यान्सीका प्रबन्ध निर्देशक धिरज कँडेलले बताए ।
कँडेल भन्छन् ,‘कलाकार गौतमको शीघ्र स्वास्थ्य लाभको कामना छ । यस्तो गम्भीर रोगमा कलाकारको उपचारमा राज्य नै संवेदनशिल भएमा नागरिकले समयमा उपचार पाउनुपर्छ । त्यस्तै गोरेटोका चर्चित काउन्सेलर प्रकाश रेग्मी र एड्भाइजर राम खड्काले पनि कलाकार गौतमको स्वास्थ्यलाभको कामना गरेका छन् ।