Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
समाचार

स्वास्थ्य कर्मचारी जुनसुकै बेला कारवाहीमा पर्ने मन्त्रीको चेतावनी

२९ जेष्ठ २०८१ १८:०३

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले स्वास्थ्य कर्मचारीमाथि अनुगमन र कारवाही अघि बढाउने चेतावनी दिएका छन् ।

सोमबार शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको छलफलमा उनले सरकारी अस्पताल व्यवस्थापन समितिले नागरिकलाई ठग्ने र दोष मन्त्रीमाथि दिने गरेको भन्दै सबैलाई कारवाहीको दायरामा ल्याउने चेतावनी दिएका हुन् ।

उनले भने, ‘तपाइँहरुको साथ सहयोग भयो भने केही दिनभित्रमा धेरैजना सस्पेन्ड हुन्छन् । धेरै जना कारवाहीमा पर्छन् । धेरैजनाको मुद्दा म आफैं अख्तियारमा पठाउँछु । रंगेहात नै समातेर कारवाहीको दायरामा ल्याउँछु । त्यसको लागि मैंले हरेक अस्पतालमा एउटा टिमको गठन गरिरहेको छु । त्यसले अस्पतालमा भइरहेको वेथितिलाई रोक्छ र समात्छ । नागरिकको निशुल्क उपचार होस भनेर काम गर्ने तर अस्पताल व्यवस्थापन समितिले नागरिकलाई ठग्ने प्रवृत्ति बढ्यो । अनि दोष भने मन्त्रीमाथि आउन गरेको छ । यो मान्य हुँदैन ।’

यस्तै, उनले मन्त्रालयमा सुधार गर्ने अठोटको साथ अगाडि बढेको भन्दै त्यसको लागि रातिको समयमा पनि अनुगमनमा जाने बताए ।

उनले भने, ‘सबैको साथ सहयोग प्राप्त भयो भने स्वास्थ्य मन्त्रालयमा यसपाली पक्कै पनि सुधार हुन्छ । अठोटको साथ काम गरिरहेको छु । हरेक एक एक कुरामा ध्यान दिइरहेको छु । अब दिउँसो होइन मात्र होइना राति पनि अनुगमनका लागि अस्पताल पुग्छु ।’

जनताको सेवाको भाव लिएर जुन अस्पतालहरु खोलिएको थियो त्यो हिसाबलेसेवा नभएको पनि उनको भनाइ छ । उनले अस्पतालहरुमा भएको वेथितिलाई रोक्नको लागि समिति गठन गरेर काम भइरहेको भन्दै यसमा मन्त्रालय गम्भीर भएको बताए ।