Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
समाचार

बागमती नदी सरसफाई महोत्सवको २४ औँ संस्करण यही जेठ ३० गतेबाट सुरु गरिने

२९ जेष्ठ २०८१ १८:०९

काठमाडौं । यस वर्ष बागमती नदी सरसफाई महोत्सवको २४ औँ संस्करण यही जेठ ३० गतेबाट सुरु गरिने भएको छ ।

नेपाल नदी सरक्षण संस्थाले सोमबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा २००१ देखि सुरु गरेको अभियान यसवर्ष नेवार समुदायले मनाउने सिथी नख ः पर्वको दिन पारेर २४ औँ सस्करणको उदघाटन गर्ने संस्थाकी सुमिक्षा खड्काले जानकारी दिइन । नेपाल नदी संरक्षण संस्था र फ्रेन्ड्स क्लबको आयोजनामा विभिन्न कार्यक्रम गरी महोत्सव साढे दुई महिनासम्म मनाउने तयारी आयोजकको छ ।

‘विभिन्न निजी, सरकारी तथा समाजिक संघ संस्थाको सहकार्यमा महोत्सवको २४ औं संस्करण मनाइँदै छ । नेवार समुदायले मनाउने सिथी नखः पर्वको दिन उदघाटन हुने यस अभियान साढे दुई महिनासम्म हरेक हप्ता नदी सरसफाइ, पर्यावरणीय संरक्षण, कला, साहित्य, तथा संस्कृती झल्काउने कृयाकलाप, नदीमा र्याफ्टिङ र जल पर्यटनको सम्भावनाको उजागर गर्नेगरी कार्यकमहरुको योजना बनाइएको छ,’ खड्काले भनिन् ।

कार्यक्रम काठमाडौं र ललितपुर महानगरपालिकाको स्वामित्वमा रहेको बागमती नदी सरसफाइमा केन्द्रीत रहनेछ । भदौको पहिलो शनिबार सांस्कृतिक कार्यक्रम आयोजना गरी महोत्सवको समापन गर्ने तयारी छ ।

बढ्दो सहरीकरण, काठमाडौंबासीको लार्परवाही, नीतिगत व्यवस्थाको कार्यान्वयनमा कमजोरी र सरसफाइमा चासो नहुनु नै बागमती नदीको अवस्था टिठलाग्दो भएको अभियानको निष्कर्ष छ । साथै तीन दशकदेखिको नदी सफाइ अभियानको प्रभावकारिता सावित हुन नसकेको खड्काले बताइन ।

उनले भनिन्, ‘जैविक विविधताको दृष्टिकोणले समेत महत्वपूर्ण बागमती नदीको संरक्षणका लागि तीन दशकदेखिका प्रयासहरुको हालसम्म कुनै दिगो प्रभाव भने देखिएको छैन् ।’

नदीको हालको समस्या समाधान गर्न समय सापेक्ष जनचेतनामूलक कार्यक्रमहरुको आवश्यकतालाई मध्यनजर गर्दै बागमती नदी सभ्यताको पहिचान, संरक्षण र सम्वद्र्धन गर्ने मुख्य उद्देश्य लिएर महोत्सवकै रुपमा बाग्मती नदी महोत्सव सुरुवात गरिएको आयोजकले जनाएको छ ।

सरकारले आर्थिक वर्ष २०८१÷८२ मा बागमती सफाइ र सभ्यता परियोजनाका लागि २ अर्ब ७२ करोड विनियोजन गरेको छ । त्यसले  नदी सफाई कार्यक्रमको महत्व झन् बढाएको अभियानको ठहर छ ।