Trending
जाडोयाम सुरु भएसँगै बिरामीको चाप बढ्दा अस्पतालमा शय्याको अभाव     |     नर्सिङ तथा स्वास्थ्यकर्मीको पारिश्रमिक सरकार सरह दिन मन्त्रालयको निर्देशन     |     पोखरामा नर्सहरूको पुनः आन्दोलन, तलब वृद्धिलगायत माग     |     राष्ट्रपति पौडेल अस्पतालमा भर्ना, जेन-जीसँगको वार्ता स्थगित     |     आपतकालीन बिरामी काठमाडौँ पुग्न नसक्दा स्वास्थ्य सेवा प्रभावित     |     देशभर एक सातामा २७४ जनामा डेंगी संक्रमण पुष्टि     |     म्याग्नस फर्माद्वारा पारासिटामोल इन्फ्युजन सहित इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश     |         |     कोशी प्रादेशिक अस्पताल कटारीमा आजदेखि ओपीडी सेवा निःशुल्क     |     जेनजी आन्दोलनपछि युवामा मानसिक समस्या बढ्दा अस्पताल धाउनेको संख्या बढ्यो     |    
विचार

सरकारी अस्पतालमा सामान्य अप्रेसन गर्न नौ महिनासम्म कुर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ : सांसद बर्तौला

३१ जेष्ठ २०८१ २१:०६

काठमाडौं । नेकपा एमालेका सांसद एवं प्रमुख सचेतक महेश कुमार बर्तौलाले नेपालीले सरकारी अस्पतालमा अपरेसनकै लागि नौ महिनासम्म कुर्नुपर्ने बाध्यताको अन्त्य गर्न जरुरी भएको बताएका छन् । उनले सरकारी अस्पतालको क्षमता अभिवृद्धि गरी नागरिकमा सहज स्वास्थ्य सेवाको पहुच पुर्याउनुपर्नेमा जोड दिएका छन् ।
बुधबार प्रतिनिधि सभा बैठकमा सांसद बर्तौलाले केन्द्रीय मात्रै नभएर जिल्ला स्तरीय देशैभरिका अस्पतालहरुको क्षमता विस्तार गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले नागरिकले हर्निया, क्यान्सर लगायतका रोगको उपचारका लागि सरकारी अस्पतालमा वर्षैसम्म पालो कुर्नुपर्ने विडम्बना रहेको उल्लेख गर्दै सरकारले सम्बन्धित अस्पतालहरुको क्षमता अभिवृद्धि, जनशक्ती वृद्धिका लागि विशेष पहल गर्नुपर्ने बताए ।
उनले भने, ‘हाम्रा केन्द्रीय ठूला अस्पतालहरु जहाँ हर्निया, पत्थरी जस्ता रोगको सामान्य अपरेसन गर्नुपर्यो भने पनि नौ महिनासम्म पालो कुर्नुपर्ने अवस्था छ । नागरिकले वीर, टिचिङ, मानव अंग प्रत्यारोपण, भक्तपुर क्यान्सर अस्पताल साना वा ठूला सबै प्रकृतिका रोगका अप्रेसनका लागि नौ महिना देखि वर्षौसम्म पालो कुर्न पर्ने अवस्था छ । सरकारले सम्बन्धित अस्पतालहरुको क्षमता अभिवृद्धिका लागि आवश्यक जनशक्ती व्यवस्थापनका लागि विशेष पहल गरोस् । यो काठमाडौं केन्द्रीत अस्पतालको मात्र होइन देशैभरीका सरकारी अस्पतालको क्षमता अभिवृद्धि सरकारले गर्नुपर्छ ।’
सरकारी अस्पतालमा सामान्य अप्रेसन गर्न नौ महिनासम्म कुर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्र्छ ः सांसद बर्तौला