Trending
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |    
स्वास्थ्य समाचार

विपन्न नागरिकको मात्रै स्वास्थ्य उपचार गर्ने अस्पताल स्थापना गर्न सांसद लेखनाथ दाहालको प्रस्ताव

३१ जेष्ठ २०८१ २१:०९

काठमाडौं । सांसद लेखनाथ दाहालले विपन्न नागरिकको मात्रै स्वास्थ्य उपचार गर्ने किसिमको विपन्न नागरिक अस्पताल स्थापना गर्न प्रस्ताव गरेका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा सांसद दाहालले विपन्न नागरिकको अस्पतालमा पहुँच नरहेको बताउँदै उनले सरकारी अस्पतालमा समेत सुविधासम्पन्नकै पहुँच रहेकोले विपन्नले मात्र स्वास्थ्य सेवा पाउने गरी छुट्टै अस्पताल स्थापना गर्न आवश्यक रहेको बताए ।

क्यान्सर लगायतका रोगले आम जनतामा असर परेको चर्चा गर्दै दाहालले भने, ‘सरकारी अस्पताल सम्पन्न र पहुँचवालाका मात्र भएका छन् । सरकारी अस्पतालभित्रै विपन्नको पहुँच छैन । विपन्नले बेड, आइसीयु र भेन्टिलेटर पाउँदैन ।  विपन्न व्यक्तिलाई गरिबी परिचयपत्र वितरण गर्ने र उनीहरुका लागि निशुल्क उपचार र गुणस्तरीय सेवा दिने उदेश्यले विपन्न नागरिक अस्पताल खोल्ने र विपन्न नागरिकलाई मात्रै त्यो अस्पतालमा उपचार गर्ने व्यवथाका गर्नका लागि म नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु ।’