Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
स्वास्थ्य समाचार

विपन्न नागरिकको मात्रै स्वास्थ्य उपचार गर्ने अस्पताल स्थापना गर्न सांसद लेखनाथ दाहालको प्रस्ताव

३१ जेष्ठ २०८१ २१:०९

काठमाडौं । सांसद लेखनाथ दाहालले विपन्न नागरिकको मात्रै स्वास्थ्य उपचार गर्ने किसिमको विपन्न नागरिक अस्पताल स्थापना गर्न प्रस्ताव गरेका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा सांसद दाहालले विपन्न नागरिकको अस्पतालमा पहुँच नरहेको बताउँदै उनले सरकारी अस्पतालमा समेत सुविधासम्पन्नकै पहुँच रहेकोले विपन्नले मात्र स्वास्थ्य सेवा पाउने गरी छुट्टै अस्पताल स्थापना गर्न आवश्यक रहेको बताए ।

क्यान्सर लगायतका रोगले आम जनतामा असर परेको चर्चा गर्दै दाहालले भने, ‘सरकारी अस्पताल सम्पन्न र पहुँचवालाका मात्र भएका छन् । सरकारी अस्पतालभित्रै विपन्नको पहुँच छैन । विपन्नले बेड, आइसीयु र भेन्टिलेटर पाउँदैन ।  विपन्न व्यक्तिलाई गरिबी परिचयपत्र वितरण गर्ने र उनीहरुका लागि निशुल्क उपचार र गुणस्तरीय सेवा दिने उदेश्यले विपन्न नागरिक अस्पताल खोल्ने र विपन्न नागरिकलाई मात्रै त्यो अस्पतालमा उपचार गर्ने व्यवथाका गर्नका लागि म नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु ।’