Trending
मणिपाल अस्पतालले धम्की दिएको नर्सहरूको आरोप     |     जाडोयाम सुरु भएसँगै बिरामीको चाप बढ्दा अस्पतालमा शय्याको अभाव     |     नर्सिङ तथा स्वास्थ्यकर्मीको पारिश्रमिक सरकार सरह दिन मन्त्रालयको निर्देशन     |     पोखरामा नर्सहरूको पुनः आन्दोलन, तलब वृद्धिलगायत माग     |     राष्ट्रपति पौडेल अस्पतालमा भर्ना, जेन-जीसँगको वार्ता स्थगित     |     आपतकालीन बिरामी काठमाडौँ पुग्न नसक्दा स्वास्थ्य सेवा प्रभावित     |     देशभर एक सातामा २७४ जनामा डेंगी संक्रमण पुष्टि     |     म्याग्नस फर्माद्वारा पारासिटामोल इन्फ्युजन सहित इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश     |         |     कोशी प्रादेशिक अस्पताल कटारीमा आजदेखि ओपीडी सेवा निःशुल्क     |    
जीवनशैली

झापामा अविरल बर्षापछि डुवान, सडकहरु अवरुद्ध

४ असार २०८१ २०:११

झापा । अविरल बर्षापछि आएको बाढीले झापाका बिभिन्न स्थानमा क्षति पुर्याएको छ । खासगरी दक्षिणी झापामा बाढीले धेरै असर गरेको छ ।

बाढीले कतै सडक अवरुद्ध गरेको छ भने कतै पहिरोले घर बगाएको छ । दक्षिणी झापाका धेरै स्थान डुबानमा पर्दा सयौं नागरिक विस्थापित भएको जिल्लास्थित सुरक्षा अधिकारीहरुले बताएका छन् ।

मंगलबार बिहान आएको बाढीले झापाको कचनकवल गाउँपालिका–५ खुट्टागञ्जमा डुवान भएको छ । कच्ची घरमा पाँच फिटसम्म डुवान भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सो स्थानको श्रीमलादेवी राजबंशी, कार्तिक राजबंशी, संजय राजबंशी, कुञ्जि राजबंशीको घर डुवान भएपछि उनीहरु विस्थापित भएका छन् ।

उनीहरु सोही स्थानका प्रभा राजबंशीको घरमा आश्रय लिएको बसेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए । यसैगरी बिर्तामोड–चन्द्रगढी सडकमा बिजुलीको १० वटा पोल ढलेका छन् । बिजुलीको दुईवटा पोलले कृष्ण श्रेष्ठ र नारायण श्रेष्ठको घरमा क्षति पुर्याएको छ ।

बिजुलीको पोल ढल्दा त्यहाँ लगाएको पाँचवटा सीसी क्यामेरामा क्षति पुगेको छ भने त्यस स्थानमा विद्युत र इन्टरनेट सेवासमेत अवरुद्ध भएको स्थानीय अनुप सापकोटाले जानकारी दिए ।

यसैगरी अर्जुनधारा–१ खुदुनाबारीमा बाढीले खानेपानीमा क्षति पुर्याएको छ । सोही स्थानको राते भन्ने ठाउँमा बाढी बस्तीमा पस्दा १० घर डुवानमा परेको नेपाल रेडक्रस सोसाइटी झापाका सहभाति लोकराज ढकालले जानकारी दिए ।

उनले सोही स्थानमा पहिरोका कारण लाप्चेटार–सहकाले जाने सडक पूर्णरुपमा अवरुद्ध भएको उनले बताए ।  लाप्चेटारमा आएको पहिरोले स्थानीय पुष्पा समालको घर पुरेको छ । उनलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको ढकालले बताए ।

यसैगरी सोही स्थानमा गोयाङ र टाङटिङ खोलाले बस्तीतिर कटान सुरु गरेको ढकालले जानकारी दिए । यस्तै अर्जुनधाराकै सुखानी खोलामा रहेको कज्वे बाढीले बगाउँदा मदन भण्डारी राजमार्गमा यातायात अवरुद्ध भएको ढकालले बताए ।