Trending
आयोडिनयुक्त नुन सम्बन्धी ऐन बनेको २६ वर्ष पछि कार्यान्वयनमा     |     मेडिकल कलेजको सिट संख्या र शुल्क पुनरावलोकनका लागि कार्यदल गठन     |     नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने स्वास्थ्यमन्त्रीको तयारी     |     ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष कार्यक्रम     |     परोपकार प्रसुति अस्पतालमा बर्थिङ सेन्टर विस्तार र दक्ष जनशक्ति उत्पादनका लागि सिमुलेशन ल्याबको उद्घाटन     |     मन्त्रीको पहलमा १२ संघीय अस्पतालमा सेवा थप तथा विस्तार     |     मुख्यमन्त्री आचार्यद्वारा विद्यालयबाहिर रहेका बालबालिकालाई अनिवार्य भर्ना गर्न अपिल     |     हेटौंडा अस्पतालको बोर्डमा रहेको मदन भण्डारीको नाम मेटाइयो     |     प्रधानमन्त्रीद्वारा गौरादह नगर अस्पतालको शिलान्यास     |     नेशनल अस्पतालले एक लाख रुपैयाँ जरिवाना बुझायो     |    
समाचार

लागूऔषध प्रयोगकर्ताको संख्या बढ्दो

६ असार २०८१ २०:४४

लागूऔषध प्रयोगकर्ताको संख्या बढ्दो
काठमाडौं । अवैध लागूऔषध प्रयोगकर्ताको तथ्यांक डरलाग्दो अवस्थामा छ । सहरीकरणको विस्तार, खुला सिमाना, वैदेशीक रोजगारीमा सहजतासँगै अवैध लागूऔषध प्रयोगकर्ता सहरमा मात्र नभइ गाउँ गाउँसम्म रहेको पाइएको छ ।
गृहसचिव एकनारायण अर्यालले २०७६ सालमा भएको लागुऔषध प्रयोगकर्ताको सर्वेक्षणबाट नेपालमा लागु औषध प्रयोग गर्नेको संख्या एक लाख ३० हजार चार सय २४ पुगेको रहेको भएपनि यो संख्यामा वृद्धि निरन्तर वृद्धि भइरहेको बताएका छन् ।
अर्यालले भने, ‘सहरमा मात्र नभइ गाउँमा पनि लागूऔषध प्रयोगकर्ताको संख्या बढिरहेको छ । यसबाट पीडितहरुको संख्या समेत वृद्धि भइरहेको छ । यस्तो खालको विकृति विसंगतीलाई निर्मुल पार्नका लागि सरकार, नेपाल प्रहरी र सबै लागि रहेका छौं । अब वर्षदिन भरिमा ७५३ वटै स्थानीय तहहरुमा नेटवर्क विस्तार गर्नुपर्नेछ । लागु औषधलाई नेपाली समाजबाट निस्तेज पार्न आवश्यक छ । बढ्दो विश्वव्यपीकरण र पर्यापर्यटनको विकाससँगै सहरीकरण र खुला सीमानाका, वैदेशीक रोजगारीको सहजतालगायतका कारणले लागु औषध प्रयोगकर्ताको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ ।’
लागूऔषध प्रयोग गर्नेहरुमा विषेशगरी किशोराअवस्थाका केटाकेटीहरुको संलग्नता पाइएको अर्यालले बताए । लागूऔषध दुव्र्यसन गर्ने नविनतम प्रविधिको प्रयोग समेत बढेको अर्यालको भनाइ छ ।