Trending
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को घोषणापत्र सार्वजनिक : स्वास्थ्य सेवा निःशुल्क र सर्वसुलभ बनाउने…     |     पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम     |     एचपिभी खोप सुरक्षित छ, निर्धक्कसँग लगाउनुहोस्ः मन्त्री गौतम     |     पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइँदै     |     ‘स्वास्थ्य बीमा कार्यक्रमलाई आवश्यक सुधार गर्नुपर्छ’     |     म्याग्दीमा नसर्ने रोगका बिरामी पहिचान गर्न टोलमै स्वास्थ्य परीक्षण     |     लहान अस्पताल काण्ड : किशोरीको शव अर्कैको हातमा     |     त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा सेवा सुचारु गर्ने विषयमा छलफल     |     मलंगवामा दादुरा विरुद्धको खोप अभियान सुरु     |     शुक्रराज सरुवा अस्पतालको निर्देशकमा बाँस्तोला     |    
स्वास्थ्य समाचार

लागु औषध दुव्र्यसनी विरुद्ध लड्न सरकार कसैसँग पनि भिक नमाग्ने नीति दिन्छ ः मन्त्री यादव 

१२ असार २०८१ १३:५३

लागु औषध दुव्र्यसनी विरुद्ध लड्न सरकार कसैसँग पनि भिक नमाग्ने नीति दिन्छ ः मन्त्री यादव

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले लागु औषध दुरुपयोग तथा ओसार पसार रोक्नको लागि सरकारले तत्काल कार्यविधि बनाउने बताएका छन् । उनले दुव्र्यसनिविरुद्ध लड्न सरकार सक्षम भएको जिकिर गरे ।

बुधबार लागु औषध दुरुपयोग तथा ओसार–पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा गृहमन्त्रालयद्वारा आयोजित मूल समारोहमा यादवले गृहमन्त्रालयसँग समन्वय गरेर लागु औषधको दुरुपयोगलाई रोक्नको लागि कार्यविधि बनाउने बताए  । यस्तै मन्त्री यादवले त्यसको लागि छुट्टै बजेटको व्यवस्था गरेको जानकारी दिँदै तत्काल कार्यविधि बनाउन आजै निर्देशन दिने उल्लेख गरे ।

उनले भने, ‘लागु औषधका जुन सेवनकर्ता छन्, उनीहरुको सुधारको लागि गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयले मिलेर एउटा कार्यविधि बनाउने र सात वटै प्रदेश र सबै जिल्लाहरुमा यसलाई लागू गर्न म आजै मन्त्रालयमा निर्देशन दिन्छु ।’

उनले सरकार आफ्ना युवा पुस्तालाई दुव्र्यसनीको प्रयोगबाट बचाउनको लागि सक्षम रहेको उल्लेख गर्दै निशूल्क औषधोपचारको व्यवस्था गर्ने चर्चा गरे ।

‘नेपाल सरकार सक्षम छ, आफ्नो युवा युवती बचाउनको लागि र आजैबाट अठोट लिन्छु । आजबाट स्वास्थ्य मन्त्रालय गृह मन्त्रालयसँग समन्वयन गरेर देशको युवा पुस्तालाई कसरी सुरक्षित गर्ने, लागु औषधबाट कसरी छुटाउने, निशूल्क औषधी र उपचार कसरी दिने भन्ने कुरामा लाग्छ,’ मन्त्री यादवले भने ।

यस्तै, यादवले नेपालमा विभिन्न संघ संस्थाले दुव्र्यसनिविरुद्ध सहयोग गर्दै आइरहेको भन्दै त्यसलाई स्वागत गर्ने तर, सरकारलाई नै गाली गर्ने प्रवृति भने मान्य नहुने बताए । उनले दुव्र्यसनी विरुद्ध लड्न चार मन्त्रालय सक्षम रहेको भन्र्दै सरकार लागु औषध दुव्र्यसनीका लागि कसैसँग भिक नमाग्ने नीति लिएर काम गर्ने दाबी गरे ।

उनले भने, ‘नेपालमा विभिन्न संस्थाको सहयोग छ त्यसको हामी स्वागत गर्छौ । नेपाल सरकारको मञ्चमा बसेर नेपाल सरकारलाई गाली गर्ने प्रवृति बन्द हुनुपर्छ । कुनै पनि संस्थाको सहयोग लिन नपर्ने गरी स्वास्थ्य, गृह, युवा तथा खेलकुद मन्त्रालय मिलेर नेपालका समस्याहरु समाधान गर्ने छौ । त्यसको लागि हामी लाग्ने छौ । कसैको अगाडी भिक माग्न नपर्ने नीतिको साथ हामी अगाडि बढ्छौ,’ यादवले भने ।

उनले मन्त्रालयको जिम्मेवारी लिएपछि लागु औषधको प्रयोगलाई कसरी नियन्त्रण र सुधार गर्ने तथा कुलतमा रहेका युवालाई सुधार्न कार्य गरिरहेको जिकिर मन्त्री यादवले गरे ।