Trending
१३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |    
स्वास्थ्य समाचार

कोभिड-१९ को समयमा खरिद गरेका स्वास्थ्य सामग्रीहरु : स्वास्थ्य सेवा बिभागमा म्याद सकिएको अवस्थामा फेला

१४ असार २०८१ १७:४१

काठमान्डौ १४ स्वास्थ्य  सेवा विभागको कार्यलयमा   ६ करोडभन्दा बढी मूल्यका म्याद गुज्रेका औषधि  हरु राखिएको छ । विभागको स्टोरमा  ६ करोड ५२ लाख १ हजार मूल्यका विभिन्न ५७ प्रकारका औषधि र औषधिजन्य सामग्री राखिएको पाईएको छ ।

स्वास्थ्य  सेवा विभागले आपूर्तिकर्ताबाट खरिद गरेको औषधि तथा औषधिजन्य सामग्रीको म्याद समाप्त भएमा वा हुने अवस्था भएमा औषधि आपूिर्तकर्बाताट प्रतिस्थापन गर्नुपर्दछ। तर स्वास्थ्य  सेवा विभागले ती सामग्री थन्काएर राखेको अवस्थामा   महालेखा परीक्षकको कार्यालयले आवश्यकताको पहिचान गरी सामान खरिद गर्ने र म्याद गुज्रेका औषधिहरू समयमै प्रतिस्थापन गर्न सुझाब दिएको छ । र खरिद गरिएका औषधि म्याद सकिनु अगावै खरितकर्ताबाट  प्रतिस्थापन  नगरी म्नयाद गुजारी राखेका छन । महालेखाको प्रतिवेदनमा भनिएको छ  स्वास्थ्य  सेवा विभागबाट प्राप्त विवरणअनुसार यो वर्ष रू ६ करोड ५२ लाख १ हजार मूल्यका विभिन्न ५७ प्रकारका औषधि र औषधिजन्य सामग्रीहरुको म्याद समाप्त भएकोमा तीमध्ये विभागले खरिद गरेका रू ५ करोड ४२ लाख ५३ हजार र  अन्य निकाय बाट अनुदान प्राप्त भएको रू १ करोड ९ लाख ४९ हजारको रहेको छ। सोमध्ये पनि कोभिड-१९ को समयमा खरिद गरेका  स्वास्थ्य  सामग्री उल्लेख्य मात्रामा  स्वास्थ्य सेवा बिभागको स्टोरमा अझै रहेका छन ।