Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
स्वास्थ्य समाचार

कोभिड-१९ को समयमा खरिद गरेका स्वास्थ्य सामग्रीहरु : स्वास्थ्य सेवा बिभागमा म्याद सकिएको अवस्थामा फेला

१४ असार २०८१ १७:४१

काठमान्डौ १४ स्वास्थ्य  सेवा विभागको कार्यलयमा   ६ करोडभन्दा बढी मूल्यका म्याद गुज्रेका औषधि  हरु राखिएको छ । विभागको स्टोरमा  ६ करोड ५२ लाख १ हजार मूल्यका विभिन्न ५७ प्रकारका औषधि र औषधिजन्य सामग्री राखिएको पाईएको छ ।

स्वास्थ्य  सेवा विभागले आपूर्तिकर्ताबाट खरिद गरेको औषधि तथा औषधिजन्य सामग्रीको म्याद समाप्त भएमा वा हुने अवस्था भएमा औषधि आपूिर्तकर्बाताट प्रतिस्थापन गर्नुपर्दछ। तर स्वास्थ्य  सेवा विभागले ती सामग्री थन्काएर राखेको अवस्थामा   महालेखा परीक्षकको कार्यालयले आवश्यकताको पहिचान गरी सामान खरिद गर्ने र म्याद गुज्रेका औषधिहरू समयमै प्रतिस्थापन गर्न सुझाब दिएको छ । र खरिद गरिएका औषधि म्याद सकिनु अगावै खरितकर्ताबाट  प्रतिस्थापन  नगरी म्नयाद गुजारी राखेका छन । महालेखाको प्रतिवेदनमा भनिएको छ  स्वास्थ्य  सेवा विभागबाट प्राप्त विवरणअनुसार यो वर्ष रू ६ करोड ५२ लाख १ हजार मूल्यका विभिन्न ५७ प्रकारका औषधि र औषधिजन्य सामग्रीहरुको म्याद समाप्त भएकोमा तीमध्ये विभागले खरिद गरेका रू ५ करोड ४२ लाख ५३ हजार र  अन्य निकाय बाट अनुदान प्राप्त भएको रू १ करोड ९ लाख ४९ हजारको रहेको छ। सोमध्ये पनि कोभिड-१९ को समयमा खरिद गरेका  स्वास्थ्य  सामग्री उल्लेख्य मात्रामा  स्वास्थ्य सेवा बिभागको स्टोरमा अझै रहेका छन ।