Trending
१३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |    
स्वास्थ्य समाचार

कर्णाली प्रदेश सरकारको उच्च प्राथमिकता मानसिक स्वास्थ्य उपचारलाई प्रभाबकारी बनाउने मुख्य मन्त्रि कडेल को घोषणा

१५ असार २०८१ १८:५६

कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले मानसिक स्वास्थ्य उपचारलाई प्रभावकारी बनाउन प्रदेश सरकारले उच्च प्राथमिकता दिएको बताउनु भएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा आज आयोजित मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना सम्बन्धी  कार्यक्रममा  मुख्यमन्त्री कँडेलले  पछिल्लो समयमा मानसिक समस्या भएका बिरामी बढ्दै गएको बताएका छन।

मुख्यमन्त्री कँडेले भने  “बालबालिका, वयस्क, ज्येष्ठ नागरिक सबै मानसिक रोगबाट  पीडित छन् । यसको प्रवर्धनात्मक, निरोधात्मक र प्रचारात्मक कार्यक्रम प्रदेश सरकारले  गर्नुपर्छ ।” मुख्यमन्त्री  यमलाल कँडेलले भने  प्रदेश सरकारले मानसिक स्वास्थ्य समस्या   भएका बिरामिलाई सम्बोधन गर्न मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक योजना तयार गरिको बताए ।

सामाजिक विकासमन्त्री वीरबहादुर शाहीले मानसिक स्वास्थ्य समस्यालाई न्यूनीकरण गर्न बजेट,  छुट्टाईएको बताए। साथै  योजना अनुसार नै प्रदेश सरकारले काम गर्ने प्रतिबद्धता जनाए ।  कर्णालि  प्रदेशका युवा तथा बालबालिकाको सम्बन्ध र  अवस्थाबारे जानकारी गराउँदै मानसिक रोग विशेषज्ञ डा सुशील समदर्शीले पछिल्लो समय कर्णालीका बालबालिकामा पनि मानसिक स्वास्थ्यको समस्याहरु देखा परेको बताए ।