© 2023-2024 सर्वाधिकार सुरक्षित healthsuchana.com

कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले मानसिक स्वास्थ्य उपचारलाई प्रभावकारी बनाउन प्रदेश सरकारले उच्च प्राथमिकता दिएको बताउनु भएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा आज आयोजित मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना सम्बन्धी कार्यक्रममा मुख्यमन्त्री कँडेलले पछिल्लो समयमा मानसिक समस्या भएका बिरामी बढ्दै गएको बताएका छन।
मुख्यमन्त्री कँडेले भने “बालबालिका, वयस्क, ज्येष्ठ नागरिक सबै मानसिक रोगबाट पीडित छन् । यसको प्रवर्धनात्मक, निरोधात्मक र प्रचारात्मक कार्यक्रम प्रदेश सरकारले गर्नुपर्छ ।” मुख्यमन्त्री यमलाल कँडेलले भने प्रदेश सरकारले मानसिक स्वास्थ्य समस्या भएका बिरामिलाई सम्बोधन गर्न मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक योजना तयार गरिको बताए ।
सामाजिक विकासमन्त्री वीरबहादुर शाहीले मानसिक स्वास्थ्य समस्यालाई न्यूनीकरण गर्न बजेट, छुट्टाईएको बताए। साथै योजना अनुसार नै प्रदेश सरकारले काम गर्ने प्रतिबद्धता जनाए । कर्णालि प्रदेशका युवा तथा बालबालिकाको सम्बन्ध र अवस्थाबारे जानकारी गराउँदै मानसिक रोग विशेषज्ञ डा सुशील समदर्शीले पछिल्लो समय कर्णालीका बालबालिकामा पनि मानसिक स्वास्थ्यको समस्याहरु देखा परेको बताए ।