Trending
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |    
स्वास्थ्य समाचार

डेंगु लगायतका रोगविरुद्ध प्रभावकारी रुपमा काम गरौं : स्वास्थ्य मन्त्री यादव

१६ असार २०८१ २१:३९

काठमानडौ १६ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री  यादवले आइतबार बिहानै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको अनुगमन गर्दै महाशाखाका विभिन्न शाखाहरूको प्रगति, र कार्यहरुको  र आगामी योजनाहरूको बारेमा सोधपुछ गरेका छन ।

मन्त्री  प्रदिप यादवले महाशाखाअन्तर्गतका नसर्ने रोग, कीटजन्य रोग, कुष्ठरोग तथा जुनोटिक रोग, र रोग निगरानी शाखाका प्रमुख कार्यहरू र तिनको हालसम्मको प्रगति बिबरण र  साथै कामका दौरानमा आउने  समस्याहरुको  बारेमा जानकारी लिए। महाशाखा निर्देशक डा. यदुचन्द्र घिमिरेले जनशक्तिको अभाव  रहेको , भवन कोठाको कमी,  कर्मचारी व्यवस्थापन र पारिश्रमिक भुक्तानीका लागि रकम अभाव जस्ता समस्या भएको मन्त्रि यादबलाई जानाकारी गराएका छन ।

मन्त्री  प्रदिप यादवले महाशाखाको जनशक्ति र बजेट अभावको समस्या समाधान गर्न हर  आफुले सक्दो गर्ने बताए र  उनले डेंगु नियन्त्रण र रोकथाम, हत्तिपाइले रोग निवारण, औलो निवारण, कालाजार निवारण लगायतका रोगहरू विरुद्ध जारी कार्यक्रमहरूलाई अझ शसक्त ढङ्गले सञ्चालन गर्ने, बताए ।