Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
स्वास्थ्य समाचार

डेंगु लगायतका रोगविरुद्ध प्रभावकारी रुपमा काम गरौं : स्वास्थ्य मन्त्री यादव

१६ असार २०८१ २१:३९

काठमानडौ १६ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री  यादवले आइतबार बिहानै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको अनुगमन गर्दै महाशाखाका विभिन्न शाखाहरूको प्रगति, र कार्यहरुको  र आगामी योजनाहरूको बारेमा सोधपुछ गरेका छन ।

मन्त्री  प्रदिप यादवले महाशाखाअन्तर्गतका नसर्ने रोग, कीटजन्य रोग, कुष्ठरोग तथा जुनोटिक रोग, र रोग निगरानी शाखाका प्रमुख कार्यहरू र तिनको हालसम्मको प्रगति बिबरण र  साथै कामका दौरानमा आउने  समस्याहरुको  बारेमा जानकारी लिए। महाशाखा निर्देशक डा. यदुचन्द्र घिमिरेले जनशक्तिको अभाव  रहेको , भवन कोठाको कमी,  कर्मचारी व्यवस्थापन र पारिश्रमिक भुक्तानीका लागि रकम अभाव जस्ता समस्या भएको मन्त्रि यादबलाई जानाकारी गराएका छन ।

मन्त्री  प्रदिप यादवले महाशाखाको जनशक्ति र बजेट अभावको समस्या समाधान गर्न हर  आफुले सक्दो गर्ने बताए र  उनले डेंगु नियन्त्रण र रोकथाम, हत्तिपाइले रोग निवारण, औलो निवारण, कालाजार निवारण लगायतका रोगहरू विरुद्ध जारी कार्यक्रमहरूलाई अझ शसक्त ढङ्गले सञ्चालन गर्ने, बताए ।