© 2023-2024 सर्वाधिकार सुरक्षित healthsuchana.com
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला भित्र रहेका तमाम विकृति विरुद्ध ध्यानाकर्षण गराउदै नेपालि काङग्रेस निकट नेपाल दरुण दल जुम्ला र नेपाल विद्यार्थी संघ जुम्लाले उपकुलपति डा. रावललाई ज्ञापनपत्र बुझाएका थिए । ज्ञापन पत्रलाई वेवास्था गर्दै उपकुलपति मंगल रावल मंगलवार विहानै जिल्ला छोडि भागेका छन् । नेपाल दरुण दल जुम्ला र नेपाल विद्यार्थी संघ जुम्लाले प्रतिष्ठानको सेवा प्रवाह र सेवा सुविधाका विषयमा उपकुलपति रावल समक्ष ध्यानाकर्षण गराएको थियो ।
दुवै संघले प्रतिष्ठानको असक्षम नेतृत्व र ब्यवस्थापनका कारण विरामीहरुले सहज उपचार नपाउनु, अध्ययनका लागि आएका विद्यार्थीहरुले असल शैक्षिक वातावरण नहुनु र प्राध्यापकहरु नपाउने लगायतका समस्याहरुको समाधान सहित आइतवार प्रतिष्ठानका उपकुलपति डा.मंगल रावललाई विभिन्न २२ बुदे माग राख्दै ज्ञापन पत्र बुझाइएको थियो । ज्ञापनपत्र बुझाएको ४८ घण्टा भित्र ब्यवस्थापन मिलाउन उपकुलपतिको ध्यानाकर्ष गराए पनि उपकुलपति भने मागहरुलाई वेवास्थ गर्दै प्रतिष्ठान छोडेर काठमाण्डौ भागेका छन् ।
प्रतिष्ठान भित्रको ब्यथिति,र बिसङगती पदाधिकारीले नियमावली विपरित गरेका गतिविधि र नेपाल तरुण दल नेविसंघले २२ बुदे माग सहित बुझाएको ज्ञापन पत्रको विषयमा जिल्लाको राजनीतिक दलले पनि चासो दिएर सर्वदलिय समिति समेत गठन गरेका छन् । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यको संयोगकत्वमा जिल्ला स्थिति सम्पूर्ण राजनीतिक दलका प्रतिनिधिहरु राखी समिति गठन गरिएको छ ।
जिल्ला स्थित राजनीतिक दलहरुले सर्वदलिय समिति गठन गरेपछि उपकुलपति भागेर काठमान्डौ गएका छन् । संघले राखेको २२ बुदे मागको सम्बोधन र सर्वदलिय समितिलाई जवाफ दिइ समस्याको समाधान गर्दै प्रतिष्ठालाई अघि बढाउनुको साटो उपकुलपति रातारात भाग्दा उपकुपतिको नियतमाथि नै प्रश्न उठेको छ ।
संस्था भित्रको कुरा संस्था भित्रै मिलाई सेवाग्राहीले सहज रुपमा स्वास्थ्य सेवा पाउने गरि ब्यवस्थापन गर्न प्रतिष्ठानमा कार्कयरत कर्मचारीले पनि उपकुलपतिको ध्यानाकर्ष गराउदै विज्ञप्ती बुझाएका थिए । प्रतिष्ठानका कर्मचारीले उठाएको विषय, नेपाली काँग्रेसका भातृ संगठनले उठाएका २२ बुदे माग र जिल्ला समन्वय समितिको प्रमुखको संयोजकत्वमा गठित सर्वदलित समिति संग छलफल गरि समस्याको समाधान गर्नुपर्ने ठाउमा किन भागेको भन्ने प्रश्नमा उपकुलपति रावलले अत्यावश्यक कामको लागि काठमाण्डौ जानुपरेकाले गएको वताएका छन ।
प्रतिष्ठानमा उठेका समस्याहरुको समाधानका लागि प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतको संयोजकत्वमा तिन सदस्यीय टोलि गठन समेत गरेको उपकुलपतिले वताए पनि प्रतिष्ठान स्रोतका अनुसार प्रतिष्ठान भित्र कुनै पनि समिति गठन भएको छैन भनि त्यहाका कर्मचारीले जानाकारी गराए ।