Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
समाचार

अख्तियार दुरुपयोग अनुसन्धान आयोग द्वारा भेरि अस्पतालका रेडियो ग्राफर बिरुद् भस्ट्राचार मुद्दा

२० असार २०८१ २१:२०

बाँकेको भेरी  अस्पतालका रेडियोग्राफर खालिद अहमद सिद्दिकीविरुद्ध भ्रष्टाचार मुद्दा  अख्तियार दुरुपयोग अनुसन्धान आयोग दायर गरेको छ।

नेपाल सरकारका  कागजातहरु सच्याएर सार्वजनिक सम्पत्ति हानी नोक्सानी  गरी भ्रष्टाचार गरेको भन्दै बिहीवार उनी विरुद्ध विशेष अदालत काठमाण्डौ मा  मुद्दा दायर गरिएको हो।

करारमा कार्यरत सिद्दिकीले झुट्टा  बिबरण र बिल  पेश गरी  राजश्व छली गरेकाले उनी विरुद्ध मुद्दा दायर गर्नुपरेको  अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले जनाएको छ। अहमद सिद्दिकीले बिरामिबाट  चेकजाँज को लागि  १२ हजार रुपैयाँ लिई अस्पतालको राजश्व खातामा जम्मा  गर्नु पर्ने तर नगरेको पाइएको छ। अहमदले सक्कली बिलमा बिरामिको  नाम सच्याई थपघट गरेको अभियोगपत्रमा उल्लेख छ।