Trending
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |    
स्वास्थ्य समाचार

धरमपानी स्वास्थ्य चौकि प्युठानका कार्मचारीहरुले सुत्केरी महिलालाई बोकेर घर सम्म पुर्याएका छन

२४ असार २०८१ ०९:२२

प्युठान २३ असार ः  हिजो मिति २०८१/३/२३ गते पूर्वी प्युठानकाे एक मात्र स्वास्थ्य संस्था धरमपानी स्वास्थ्य चाैकी मल्लरानी -३ का कर्मचारी टिमले एक सुत्केरी महिलालाई स्वास्थ्य संस्था देखि बाेकेर निजको घरसम्म पुर्‍याएका छन् । उनीहरुको याे एउटा उदाहरणीय कार्यलाई धेरैले तारिफ गरेका छन्। एकातिर गाउँमा युवाहरूको अभाव अर्कोतिर १८ गतेदेखि लगातार परेको झरी ।२२ गते साँझ ८ बजे आमासँग हिडेर अस्पताल पुगेकी जीबा बि.क. ले स्वास्थ्यकर्मी काे सहयाेगमा २३ गते बिहान १० बजे छाेरीकाे जन्म दिएकी थिइन्। आमा र बच्चाको उपचार पछि स्वास्थ्य संस्थाले घर जान सल्लाह दियाे तर न उनी आफै हिडेर जान सक्थिन न उनलाई घरसम्म बाेकेर लैजाने सहयाेगी साथमा थिए। उनका श्रीमान घरमा नभएको , भर्खर मल्लरानी -२ स्यालाबाट बसाइँसराइ गरि ऐरावती -६ अन्तरगत बिजुली काल्ने बस्दै आएकी जीबालाई स्वास्थ्य चाैकी प्रमुख, अहेव,अनमी,ल्याव असिस्टेन्ट , कार्यालय सहयाेगी सबै कर्मचारी मिलेर २ किमिकाे दुरीमा रहेको उनको घरसम्म बाेकेर पुर्‍याएका छन्। गाउँमा युवाहरुको अभाव र लगातार बर्षाका कारण ले बाटो अबरुद्द भएपछी स्वास्थ्य संस्थाका कर्मचारीहरु मिलि स्टेचरमा बिरामि र नबजात शिसु बोकि घर सम्म पुर्याएका हुन ।