Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
स्वास्थ्य समाचार

बैतडीको पञ्चेश्वर गाउँपालिकामा सञ्चालित बर्थिङ सेन्टर बन्द भएपछी स्थानियलाई समस्या

२९ असार २०८१ २०:४९

बैतडी २९  जिल्लाको  पञ्चेश्वर गाउँपालिकामा रहेको एक बर्थिङ सेन्टर बजेट अभावका कारण बन्द भएपछी स्थानीयलाई समस्या भएको छ । बजेट अभावका कारण उक्त गाउँपालिका मा रहेका ४ ओटा बर्थिङ सेन्टर  बन्द भएका छन । बस्ति देखि   स्वास्थ्यचौकी जान पनि समय लाग्ने सबै बस्तिलाई सेन्टर पारेर   सञ्चालन गरिएका  बर्थिङ सेन्टरहरु  बन्द गरिएपछि समस्या भएको स्थानीयवासीले बताएका छन् । स्वास्थ्य जस्तो संवदेनशील क्षेत्रमा सेवा विस्तार गर्नुपर्नेमा भएकै सेवा बन्द गरिनु दुखद् भएको स्थानीयहरु बताउछन ।   गाउँ पालिका ले नै बजेट छुट्टाएर स्वास्थ्य क्षेत्रमा सेवा दिनु पर्ने नदिएको  स्थानीयहरु बताउछन   यसरी  सेवा पनि बन्द गराउनु जनाता प्रतिको खेलवाड र  दुःखको कुरा हो । यसले स्वास्थ्यप्रति गाउँपालिका गम्भीर छैन भन्ने आम समुदायको बुझाई हो ।

पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले भने स्वास्थ्यचौकीबाट गुणस्तरीय सेवा प्रदान गरिने योजनाअनुसार अन्य स्थानमा रहेका प्रसूति केन्द्र बन्द गरिएका बताए । सबै वडामा सडकको पहुँच पुगिसकेकाले गर्भवतीलाई समस्या नहुने उनले भने । “गाउँपालिकाभित्रका स्वास्थ्यचौकीमा गुणस्तरीय सेवा दिने वातावरण बनाइने योजनासहित अगाडि बढेका छौँ । अर्कोतर्फ बजेट अभाव भएपछि जनशक्ति खटाउन नसकिने अवस्था आएकाले ती  बर्थिङ सेन्टर बन्द गर्न भनिएको हो”, अध्यक्ष चन्दले भने।