Trending
प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |     मौसम धुम्म हुञ्जेल प्रदूषण बढ्ने, सचेत रहन आग्रह     |     बाजुराकी एक महिलालाई बाटोमै गराइयो प्रसुति     |     नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को घोषणापत्र सार्वजनिक : स्वास्थ्य सेवा निःशुल्क र सर्वसुलभ बनाउने…     |     पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम     |    
स्वास्थ्य समाचार

बैतडीको पञ्चेश्वर गाउँपालिकामा सञ्चालित बर्थिङ सेन्टर बन्द भएपछी स्थानियलाई समस्या

२९ असार २०८१ २०:४९

बैतडी २९  जिल्लाको  पञ्चेश्वर गाउँपालिकामा रहेको एक बर्थिङ सेन्टर बजेट अभावका कारण बन्द भएपछी स्थानीयलाई समस्या भएको छ । बजेट अभावका कारण उक्त गाउँपालिका मा रहेका ४ ओटा बर्थिङ सेन्टर  बन्द भएका छन । बस्ति देखि   स्वास्थ्यचौकी जान पनि समय लाग्ने सबै बस्तिलाई सेन्टर पारेर   सञ्चालन गरिएका  बर्थिङ सेन्टरहरु  बन्द गरिएपछि समस्या भएको स्थानीयवासीले बताएका छन् । स्वास्थ्य जस्तो संवदेनशील क्षेत्रमा सेवा विस्तार गर्नुपर्नेमा भएकै सेवा बन्द गरिनु दुखद् भएको स्थानीयहरु बताउछन ।   गाउँ पालिका ले नै बजेट छुट्टाएर स्वास्थ्य क्षेत्रमा सेवा दिनु पर्ने नदिएको  स्थानीयहरु बताउछन   यसरी  सेवा पनि बन्द गराउनु जनाता प्रतिको खेलवाड र  दुःखको कुरा हो । यसले स्वास्थ्यप्रति गाउँपालिका गम्भीर छैन भन्ने आम समुदायको बुझाई हो ।

पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले भने स्वास्थ्यचौकीबाट गुणस्तरीय सेवा प्रदान गरिने योजनाअनुसार अन्य स्थानमा रहेका प्रसूति केन्द्र बन्द गरिएका बताए । सबै वडामा सडकको पहुँच पुगिसकेकाले गर्भवतीलाई समस्या नहुने उनले भने । “गाउँपालिकाभित्रका स्वास्थ्यचौकीमा गुणस्तरीय सेवा दिने वातावरण बनाइने योजनासहित अगाडि बढेका छौँ । अर्कोतर्फ बजेट अभाव भएपछि जनशक्ति खटाउन नसकिने अवस्था आएकाले ती  बर्थिङ सेन्टर बन्द गर्न भनिएको हो”, अध्यक्ष चन्दले भने।