Trending
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |    
स्वास्थ्य समाचार

स्वास्थ्य मन्त्रि प्रदिप पौडेललाई मन्त्रालयमा स्वागत

३१ असार २०८१ २१:५७

काठमान्डौ ३१ नवनियुक्त स्वास्थ्यमन्त्री  प्रदिप पौडेल रास्ट्रपति कार्यलयबाट सपथ लिई   मन्त्रालय पुगेका छन्। स्वास्थ्य  मन्त्रालयका कर्मचारीले मन्त्रिलाई स्वागत गरेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीको मन्त्रीमण्डलमा अटाएका मन्त्रि पौडेल पहिलो पटक मन्त्रि बनेका हुन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मन्त्रि पौडेलले आफैंले रोजेका हुन् । प्रदीपले यो मन्त्रालय रोज्नुको कारण  गगन थापाले गरेको कामले नै हो र उनले पनि यो क्षेत्रमा काम गर्न सकिन्छ भन्ने लागेर मन्त्रालय रोजेको बताएका छन । यिनको  पुर्ख्यौली थलो तनहुँ हो र तनहु बाट टिकट पाउने सम्भावना नभएपछि काठमान्डौ  बसोबास रहेको काठमाडौं- ५ लाई रोजी यसै क्षेत्रबाट चुनावमा प्रतिस्पर्धा गरी चुनाव जितेका हुन ।

मन्त्रि पौडेलले  स्वा आधारभूत स्वास्थ्य नि:शुल्क  गर्ने र  स्वास्थ्य बीमा’  लाई प्रभावकारि गराउने बताए । अब सबै नेपालीले सर्बसुलभ स्वास्थ्य उपचार पाउने र कुनै पनि नेपाली पैसाको अभावले मर्न नपर्ने कुरामा मन्त्रि पौडेलले बताए । सबै सरकारी अस्पतालमा डाक्टर र नर्स को दरवन्दि थप गर्ने पनि बताए । मन्त्रालयका कर्मचारिहरुले पनि साथ सहयोग गर्नु पर्ने कुरामा जोड दिए । कर्मचारीसँगको छलफलमा स्वास्थ्यमन्त्री प्रदिप पौडेलले  उत्साह लिएर मन्त्रालयमा आएको छु र उत्साह सहित काम गरेर   त्यही उत्साहसहित बिदा हुने बताएका छन्।