Trending
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान मा २१ बर्षकी सुत्केरीको मृत्यु     |     स्वास्थ्य बिमा अभिमुखीकरण कार्यक्रम प्युठानमा     |     आगामी वर्ष २० प्रकारका औषधि उत्पादन गर्ने नेपाल औषधि लिमिटेडको लक्ष्य     |     ललितपुर महानगरपालिका पूर्णखोप घोषणा     |     औषधिको मूल्य नीति सुझाव समितिले बुझाएको प्रतिवेदनलाई पुनरावलोकन गर्ने     |     सुर्ती सेवनले यौन दुर्बलता बढाउने     |     करोडौ क्षतिपूर्ति तिराउने उपभोक्ता अदालतको निर्णयले चिकित्सा क्षेत्र तरंगित     |     इँटा भट्टामा काम गरेर ४ जिपिए ल्याएकी गोमा भन्छिन् – ‘डाक्टर बन्ने चाहना छ’     |     नेत्रज्योति सङ्घद्वारा विदेशमा सेवा विस्तार     |     राष्ट्रसंघीय क्षेत्रीय मन्त्रीस्तरीय बैठकमा मन्त्री प्रदीप पौडेलको सम्बोधन, डिजिटल स्वास्थ्यबारे विमर्श     |    
स्वास्थ्य समाचार

स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्ने खाका तयार गर्न स्वास्थ्य मन्त्रि प्रदिप पौडेलको निर्देशन

३ श्रावण २०८१ ०७:२४

काठमान्डौ  स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले मन्त्रालयको कामका सवालमा देखिएका समस्याहरुको सामाधानका लागि आवश्यक खाका बनाउन  मन्त्रालयका कर्मचारीहरुलाई आग्रह गरेका छन्।

पहिलो पटक मन्त्री नियुक्त भएपछी  मन्त्रालयका सचिवसहित विभिन्न महाशाखाका प्रमुखसँगको ब्रीफिङ्म का क्रममा  मन्त्री पौडेलले समस्या देखाउने भन्दा पनि सामाधानको काम गर्ने आफ्नो योजना भएकाले जुनसुकै समस्याको समाधानका लागि पाँच दिन भित्र स्पष्ट योजना सहितको खाका तयार गर्न भनेका हुन्।

`सबै महाशाखाबाट समस्याका कुराहरु आए, समाधान आएन, स्पष्ट ढंगबाट कार्य क्षेत्रमा देखिएको समस्याको समाधान कसरी गर्ने त्यतातर्फ लागौं, त्यसका लागि पाँच दिन भित्र मलाई लिखित रुपमा समाधानका बिकल्प लिएर आउनुहोला, टिमवर्क गरेर समस्याको समाधान गरौँ, ´मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले भने। उनने स्वास्थ्य मन्त्रालय स्वास्थ्य नीतिको स्पष्ट कार्यान्वयन गर्ने निकाय भएकाले प्रभावकारिता देखिन नसकिनुको कारण खोज्नै पर्ने बताए। `

स्वास्थ्य नीतिको स्पष्ट कार्यान्वयन गने निकाय हामी नै हो, मन्त्रालयको मेकानिजम भित्र सबै कुरा परेको देखिन्छ, बजेट अभाव, प्राथमिकताका कारणले समस्या परेको रहेछ,प्रभावकारिता देखिन नसकेको नीतिगत कमजोरी के हो भनेर पनि खोज्नु पर्छ,।´ मन्त्री पौडेलले भने। पौडेलले जनतामा कसरी नतिजा दिन सकिन्छ भनेर लिखित योजना बनाउन आग्रह गर्दै भने,`हामीले नतिजा कसरी दिन सक्छौं, त्यता केन्द्रीत हुनुपर्छ, राज्यको लगानी जति हो, त्यति प्रतिफल हामिले प्राप्त गर्न सकेका छैनौं, आफुले गरेको कामबाट प्रभावकारिता कसरी बढाउने भन्नेमा हामी सबै लागौं।´ मन्त्री पौडेलले कानुनको अम्ब्रेलाबाट बाहिर कोहि हुन नहुनेसमेत बताए। `कानुनको अम्ब्रेलाबाट कोहि बाहिर हुन सक्दैन, त्यो छुट कसैलाई दिन हुदैन, पहिले हामीले स्वास्थ्य ऐन बनाउन पर्छ, बृहत् रुपमा तयारी गरेर सबै कुरा पर्ने गरेर त्यसको तयारी गरौं´ उनले भने।

पौडेलले स्वास्थ्यमा धेरै ठूलो जनशक्ति रहेकाले त्यसलाई सहि ढंगबाट कसरी प्रयोग गर्ने भन्नेमा पनि सोच्नु पर्ने बताए। पहुँच र लिगेसीको आधारमा कुनै कुरा नहुने भन्दै उनले पद्धतिको विकास आफ्नो प्राथमिकतामा रहेको स्पष्ट पारे। `कहि आवश्यकता भन्दा बढी जनशक्ति छ, कही जनशक्ति अभाव छ भन्ने छ, नीतिगत बिषय पनि सुल्झाउ, कार्यान्वयनको पाटोलाइ पनि हेरौ, पहुँच र लिगेसीको आधारमा कुनै कुरा हुन्न,सिस्टम बनाउने हो।´

उनले जनशक्तिलाई बेकामे नबनाउने गरेर योजना बनाउन र ग्रामिण जनताको स्वास्थ्य सेवामा पहुँच छ भन्ने देखिने गरेर काम गर्न पनि मन्त्रालयका बिभागीय प्रमुखहरुसँग आग्रह गरे। `जनशक्तिलाई बेकामे नराखौं, छात्रवृत्तिमा अध्ययन गरेका डाक्टरहरुलाई ग्रामिण क्षेत्रमा पहिले सेवा गर्नु पर्ने गरेर योजना बनाऔं, ग्रामीण क्षेत्रमा नगए सहरी क्षेत्रमा आउन सकिन्न भन्ने स्पष्ट होस, ग्रामीण क्षेत्रलाई पहिले प्राथमिकता राखौ, त्यसलाई गाइड गर्ने गरेर नीति बनाऔं।´ मन्त्री पौडेलले भने।

उनले कुन डाक्टरको काम कहाँ हो त्यहा पठाउने गरेर क्याटेगोराइज गर्दा धेरै समस्याको सामाधान हुने बताए।` जुन डाक्टरको जहाँ काम छ त्यहा पठाउं, सेवा सुबिधा थप्न सकिन्छ भने त्यसमा पनि पहल गरौं।´ मन्त्री पौडेलले मन्त्रालयले आमजनतामा रोग नै लाग्न नदिन के गर्ने भनेरसमेत जनचेतनामूलक सामग्री पुर्याउन नसकिएको भन्दै त्यतातर्फ पनि प्राथमिकता हुनुपर्ने बताए। `जनतालाई रोग नै लाग्न नदिनका लागी ब्यक्ती आफुले चाहिँ के गर्ने भनेर चेतना जगाउने किसिमका सुचना जानकारी हरुलाई पनि प्राथमिकतामा राखौं,´ मन्त्री पौडेले भने।

मन्त्री पौडेललाई स्वास्थ्य सचिव रोशन पोखरेल सहित बिभिन्न महाशाखाका प्रमुखहरुले मन्त्रालयको बिभागीय काम,जिम्मेवारी, अवस्था र कामकारवाहीका क्रममा देखिएका समस्याका बारेमा सुनाएका थिए।