Trending
आयोडिनयुक्त नुन सम्बन्धी ऐन बनेको २६ वर्ष पछि कार्यान्वयनमा     |     मेडिकल कलेजको सिट संख्या र शुल्क पुनरावलोकनका लागि कार्यदल गठन     |     नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने स्वास्थ्यमन्त्रीको तयारी     |     ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष कार्यक्रम     |     परोपकार प्रसुति अस्पतालमा बर्थिङ सेन्टर विस्तार र दक्ष जनशक्ति उत्पादनका लागि सिमुलेशन ल्याबको उद्घाटन     |     मन्त्रीको पहलमा १२ संघीय अस्पतालमा सेवा थप तथा विस्तार     |     मुख्यमन्त्री आचार्यद्वारा विद्यालयबाहिर रहेका बालबालिकालाई अनिवार्य भर्ना गर्न अपिल     |     हेटौंडा अस्पतालको बोर्डमा रहेको मदन भण्डारीको नाम मेटाइयो     |     प्रधानमन्त्रीद्वारा गौरादह नगर अस्पतालको शिलान्यास     |     नेशनल अस्पतालले एक लाख रुपैयाँ जरिवाना बुझायो     |    
स्वास्थ्य समाचार

स्वास्थ्य मन्त्रि प्रदिप पौडेलको निर्देशनमा, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा दुई सिफ्टमा ओपिडी सेवा सुचारु

७ श्रावण २०८१ २१:३८

स्वास्थ्य मन्त्रि प्रदिप पौडेलको निर्देशनपछि टेकुको  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा टोकन प्रणाली  मार्फत  दुई सिफ्टमा ओपिडी सेवा सुचारु गरेको छ। अस्पतालका  निर्देशक डा. युवानिधी बसौलाका अनुसार स्वास्थ्य तथा जनसंख्यामन्त्री माननीय प्रदीप पौडेलले काठमाडौका संघीय अस्पतालहरुलाई दिएको निर्देशन  अनुरुप  दुवै सेवा अस्पतालले सुचारु गरेको हो छ ।

अस्पतालका ४ वटै काउन्टरमा टोकन प्रणाली लागु भएको उक्त काउन्टर मार्फत सेवा दिएको  उनले जानकारी दिए। टोकन प्रणाली लागु भएसँगै बिरामीलाई  धेरै समय  लाइन उभिनुपर्ने बाध्यता  तथा भीडभाडको समस्यामा कमी आउने भएको छ ।

स्वास्थ्य मन्त्री  पौडेलले यहि साउन ४ गते स्वास्थ्य मन्त्रालयमा एक बैठक राख्दै काठमाडौंका सरकारी अस्पतालका प्रमुखहरुलाई  ९ बुँदे निर्देशन दिएका थिए। मन्त्री पौडेलले दिएको निर्देशनको पहिलो नम्बर बुँदामा सेवाग्राहीको चाप र उपलब्ध स्रोत साधनको प्रक्रिया  मिलाई अस्पतालमा दुई सिफ्टमा ओपीडी सेवा सञ्चालन गर्नुपर्ने बताएका थिए ।

चिकित्सकको राउन्ड, बिरामी भर्ना, बिरामीहरूको डिस्चार्जबीच समयको तादम्यता  मिलाई शय्या नपाई भर्ना हुन नसक्ने अवस्थाको अन्त्य गर्ने,र अस्पतालका कतिपय विभागहरूमा पाँच वा सोभन्दा युनिटहरू रहेको हुँदा पर्याप्त चिकित्सकहरू हुँदाहुँदै पनि ओपीडी एवं शल्यक्रियाहरूमा चिकित्सकको कमी देखिएको भन्दै मन्त्रालयले युनिटको प्रभावकारी व्यवस्थापन गर्ने, स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभाबकारि गराउने   गराइने सबै औषधि अस्पतालको बिमा फार्मेसीमा पर्याप्त राखी अभाव हुन नदिने गरि काम गर्न का  लागि निर्देशन दिइएको थियो।

यस्तै, अस्पतालमा सेवाग्राहीको भिड व्यवस्थापनका लागि सेवा काउन्टर थप गर्ने, अनलाइन टिकट काट्ने, अनलाइन समय व्यवस्थापन (टोकन नम्बर अनुसारको समय जानकारी गराउने), विद्युतीय भुक्तानी प्रणाली लागू गर्ने, सेवाग्राहीले सामान्य कामको लागि समेत अस्पताल प्रमुखलाई पर्खनुपर्ने बाध्यता हटाउन पनि भनिएको थियो।

मन्त्री पौडेलले दिएको निर्देशन बमोजिम भीडभाडलाई व्यवस्थित गर्न सेवा काउन्टर थप गर्ने,अनलाइन टिकट काट्ने, टोकनको व्यवस्था गर्ने बिद्युतीय भुक्त्तानी प्रविधि लागु गर्ने कार्य अस्पतालले गरिसकेको डा बसौंला बताउँछन्।

अस्पतालल विगतमा रहेको २ सेवा काउन्टरलाई बढाएर ४ बनाएको छ । ४ वटै काउन्टरमा टिकट तथा बिलिङ सेवा सेवाग्राही पाउँदै आएका छन्।

अस्पतालले आजैबाट लागु हुनेगरी ९ देखी ४ बजेसम्म दुई सिफ्टमा ओपिडी सञ्चालन गर्न लागेको निर्देशक डा.बसौलाले जानकारी दिए । जसमा एन्टीरेबिज भ्याक्सिन र जनरल ओपिडी गरी दुई प्रकारका ओपिडी सञ्चालनमा रहनेछन्।

‘अस्पतालले स्वास्थ्यमन्त्री पौडेलको निर्देशन अनुरुप सुरु गर्ने भनेको एक्सटेन्ट हेल्थ सर्भिसका लागि छलफल अगाडि बढाइसकेको छ, चाँडै नै यो सेवा सुरु हुन्छ,’ उनले भने।

जनरल शुल्कको तुलनामा एक्सटेन्ट हेल्थ सर्भिसका लागि बढी शुल्क लाग्ने भएकोले छलफल पश्चात् सबै कुराको निर्धारण गरेर मात्रै उक्त सेवा सुचारु गरिने  उनले बताए।

अस्पतालको फार्मेसीमा स्वास्थ्य बिमाको औषधि उपलब्ध गराउनका लागि समेत निर्देशन दिइएकोमा फार्मेसीमा सरुवा रोगका ९० प्रतिशत भन्दा बढी सरुवा रोगको औषधि स्वास्थ्य बिमा सेवा मार्फत् पाइने डा बसौलाको दाबी छ। सरुवा रोग अस्पताल भएकोले मृगौला, मुटु तथा क्यान्सर जस्ता रोगहरुको औषधि भने अस्पतालमा उपलब्ध नभएको उनी बताउँछन्।

अस्पतालमा दैनिक करिब ५ सयले ओपिडीमा सेवा लिने गरेका छन्। मनसुन सुरु भएसँगै धेरै जस्तो झाडापखाला,ज्वरो तथा सर्पले तोकेको बिरामी अस्पताल आउने गरेका छन् । हाल अस्पतालमा सबै भन्दा बढी सर्पले टोकेका बिरामी आउने गरेका छन्।

दैनिक २०-२५ जना सर्पले टोकेका  बिरामि आउने गरेको डा.बसौलाले जानकारी गराए ।

अस्पतालमा सबैभन्दा बढी कुकुरले टोकेका बिरामीहरु सेवा लिन आउने गरेका छन् । अस्पतालको ५० प्रतिशत भन्दा बढी ओपिडी केशहरुमा मा कुकुरले टोकेका बिरामि उपचार गर्न आउने गरेका छन ।