Trending
प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |     मौसम धुम्म हुञ्जेल प्रदूषण बढ्ने, सचेत रहन आग्रह     |     बाजुराकी एक महिलालाई बाटोमै गराइयो प्रसुति     |     नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को घोषणापत्र सार्वजनिक : स्वास्थ्य सेवा निःशुल्क र सर्वसुलभ बनाउने…     |     पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम     |    
स्वास्थ्य समाचार

ललितपुरको पाटन हस्पिटलमा बिरामिको अत्याधिक चाप

९ श्रावण २०८१ ०८:२३

ललितपुर,  पाटन स्वास्थ्य बिग्यान प्रतिस्ठान द्वारा सन्चालित पाटन अस्पतालमा बिरामिको चाप देखिएको छ । बर्खा संगै बिरामिहरुमा बिभिन्न प्रकारका रोगहरु देखा पर्न थालेका छन । बिसेस गरि अहिले बिरामिहरुमा डेङगु,झाडापखला ,जोरो अाउने लगाएतका रोगहरु देखा परेका छन । त्यसमाथि पाटन अस्पतालमा बिरामिको चापले डाक्टर लाई देखाउन पनि २,३ घन्टा लाईनमा बस्नु पर्ने र पालो आईहाले पनि सिनियर  डाक्टर लाई देखाउन नपाउने गरेको बिरामिहरुले गुनासो गरेका छन । अस्पताल ईन्टन गर्ने डाक्टरहरुले चलाउन परेको एकजना डाक्टरले बताउनु भयो । बिरामिलाई  अपरेसन गर्नु पर्यो भने पनि २,३ महिना पछि पालो आउदछ भन्ने समेत गरेको पाईएको छ । चिकित्सक हरु को अभाव र हस्पिटलहरुको बेडको क्षमताको अभावले गर्दा भर्ना हुने बिरामिले बेड नपाउने र ईमर्जेन्सिमा एउटा बेडमा ३ जना समेत बिरामि राखि उपचार गर्नु परेको डाक्टरहरु बताउछन । ललितपुर जिल्लामा सरकारि अस्पताल भन्ने यहि एउटा पाटन अस्पतालमात्र छ ।उक्त अस्पतालले नागरिकलाई तेति राम्रो सेवा दिन सकेको छैन ,सेवा दिन नसक्नु को पछाडि राज्यले उक्त अस्पतालका लागि पर्याप्त बजेट दिन नसक्नु ,डाक्टर नर्स को अभाव, स्वास्थ्य सामाग्रिको अभाव रहेको छ र  नेपालको  संबिधानमा  निशुल्क स्वास्थ्य उपचार पाउने  भनि कानुनले ब्यवस्था गरेको छ र प्रत्येक नागरीकलाई स्वास्थ्य सेवामा समान पहुँच हक हुनेछ, तर समान हक र निशुल्क उपचार भएको  सरकारी अस्पातलमा देखिएको छैन । तर आम नागरीक ले पैसा तिरेर पनि सरकारी अस्पतालमा उपचार गर्छु भन्दा पनि उपचार गर्ने राम्रो ब्यवस्था  छैन ।  सरकारी अस्पतालमा  बेड को अभाव डाक्टर को अभावले बिरामिहरु घर खेत बेचेर भए पनि प्राईभेट अस्पतालमा लाखौ खर्च गरेर उपचार गराउन बाध्य रहेका छन । तर ,राज्य मौन छ ,