Trending
किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |    
स्वास्थ्य समाचार

उपचारका क्रममा भागेका ३ जनामा हैजा देखीयो

१० श्रावण २०८१ १६:४९

हैजाको आशंकामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारकै क्रममा भागेका ३ जनामा बिरामिमा  हैजा पुष्टि भएको छ।

परीक्षणका क्रममा रहेको तीनै जनामा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा  महामारी व्यवस्थापन शाखाका प्रमुख डा ले बताउनु भयो ।

‘ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १४ को एक पुनर्स्थापना केन्द्रमा बस्दै आएका ४ बालकलाई हैजाको आशंकामा उपचारका लागि  टेकु अस्पताल ल्याइएकोमा  ४ जनामा नै हैजा पुष्टि भएको छ,’ डा पौडलले भने।

हैजाको आशंकामा अस्पतालमा उपचार भइरहेका उनीहरु सोमबार राती अस्पतालबाट भागेका थिए।  हालसम्म उनीहरु सम्पर्कमा आइसकेका छन्।  उक्त पुनःस्थापना केन्द्रमा आपुर्ति हुँदै आएको पानीमा दिसाजन्य कीटाणु भेटिएको थियो।

हैजा बाट आत्तिनु प्रदैन निको हुन्छ । उपचार संभव छ ।