Trending
१३ घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो, घाइतेको नाम सार्वजनिक     |     भोटेकोसी बाढी : त्रिशूली अस्पतालमा १६ घाइते, दुईको अवस्था गम्भीर     |     किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण     |     मानसिक स्वास्थ्य परिषद को गठन को माग गर्दै सांसद के पि खनाल     |     दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो नयाँ नेतृत्व     |     राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सफल बनाउन स्वास्थ्य मन्त्री मेहताको अपिल     |     प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |    
स्वास्थ्य समाचार

प्रधानमन्त्री ओली र डा. सन्दुक रुइत बीच भेटबार्ता

११ श्रावण २०८१ १४:५२

प्रधानमन्त्री केपी शर्मा ओली र प्रसिद्ध आँखा रोग विशेषज्ञ डा सन्दुक रुइत बिच हिजो  भेटवार्ता भएको छ। प्रधानमन्त्री कार्यालय बालुवाटारमा कुराकानी भएको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा हालेका छन ।

भेटघाटमा  आँखालगायत समग्र स्वास्थ्य क्षेत्रका विषयमा कुराकानी भएको उनले बताए। उनले भनेका छन्,  ‘बाहिर झमझम पानी परिरहेको थियो। भेटको मेरो प्राथमिकतामा रहनु भएका डाक्टर सन्दुक रुइतसँग आज धेरैबेर कुरा भयो। आँखा लगायत समग्र स्वास्थ्य क्षेत्रमा के के गर्न सकिन्छ भन्ने विषयमा उहाँका योजना सुने र ति योजना लाई लागु गर्नका लागि आवश्यक पहल गर्ने समेत ओलिले बताउनु भयो ।

आँखा नभएका मानिसलाई संसार देखाउन पाउँदाको  डा रुइतको प्रेरणादायी अनुभवले आफूलाई ताजा महशुस गराएको पनि ओलीले बताए ।