Trending
स्वास्थ्य मन्त्रालयलाई कृत्रिम मानव ‘मेन्किन’ हस्तान्तरण     |     स्वास्थ्यमन्त्री डा. गौतम र इजरायलका राजदूतबीच भेटवार्ता     |     स्वास्थ्य मन्त्री डा गौतमद्वारा सिंहदरबार वैद्यखानाको निरीक्षण     |     मेडिकल काउन्सिलको नयाँ नेतृत्वका लागि भोलि उपत्यकामा मतदान     |     गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पूँजी विकास गर्दै काठमाडौँ महानगरपालिका     |     एमाले महाधिवेशनमा तीन सय प्रतिनिधिलाई स्वास्थ्य परीक्षण     |     औषधि व्यवसायी भोलि आइतबार एक घण्टा फार्मेसी बन्द गर्दै विरोध प्रदर्शनमा उत्रने     |     बाघको आक्रमणबाट महिलाको मृत्यु     |     पूर्वमन्त्री पौडेलद्वारा ‘प्रगति विवरण’ बुझाइएपछि स्वास्थ्य मन्त्रालयमा चर्चा     |     पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १०औँ सभा सम्पन्न, बजेटमा आन्तरिक स्रोतको दिगोपनामा जोड     |    
स्वास्थ्य समाचार

प्रधानमन्त्री ओली र डा. सन्दुक रुइत बीच भेटबार्ता

११ श्रावण २०८१ १४:५२

प्रधानमन्त्री केपी शर्मा ओली र प्रसिद्ध आँखा रोग विशेषज्ञ डा सन्दुक रुइत बिच हिजो  भेटवार्ता भएको छ। प्रधानमन्त्री कार्यालय बालुवाटारमा कुराकानी भएको प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा हालेका छन ।

भेटघाटमा  आँखालगायत समग्र स्वास्थ्य क्षेत्रका विषयमा कुराकानी भएको उनले बताए। उनले भनेका छन्,  ‘बाहिर झमझम पानी परिरहेको थियो। भेटको मेरो प्राथमिकतामा रहनु भएका डाक्टर सन्दुक रुइतसँग आज धेरैबेर कुरा भयो। आँखा लगायत समग्र स्वास्थ्य क्षेत्रमा के के गर्न सकिन्छ भन्ने विषयमा उहाँका योजना सुने र ति योजना लाई लागु गर्नका लागि आवश्यक पहल गर्ने समेत ओलिले बताउनु भयो ।

आँखा नभएका मानिसलाई संसार देखाउन पाउँदाको  डा रुइतको प्रेरणादायी अनुभवले आफूलाई ताजा महशुस गराएको पनि ओलीले बताए ।