Trending
प्यूठान अस्पतालमा हेमोडायलाईसिस र एसएनसीयु उद्घाटन     |     होटल व्यवसायी संघ प्यूठानको स्थापना दिवसमा रक्तदान कार्यक्रम सम्पन्न     |     आफुखुसी गर्भपतनको औषधी सेवन गर्दा प्यूठानमा महिलाको झण्डै गयो ज्यान     |     विश्व क्षयरोग दिवस: नेपालमा बढ्दै नयाँ संक्रमित     |     सेतीमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै     |     ‘अस्पतालले दिने सेवामा सर्वसाधारणको सहज पहुँच आवश्यक’     |     मौसम धुम्म हुञ्जेल प्रदूषण बढ्ने, सचेत रहन आग्रह     |     बाजुराकी एक महिलालाई बाटोमै गराइयो प्रसुति     |     नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को घोषणापत्र सार्वजनिक : स्वास्थ्य सेवा निःशुल्क र सर्वसुलभ बनाउने…     |     पाँच स्थानीय तहमा ‘सामुदायिक नर्सिङ तथा घरदैलो’ कार्यक्रम     |    
स्वास्थ्य समाचार

काठमाडौंको कालीमाटी क्षेत्रमा थप तीन जनामा हैजा देखियो

१३ श्रावण २०८१ २१:०७

काठमान्डौ १३ साउन कालीमाटी क्षेत्रमा बसोबास गर्ने तीन जना पुरुषमा हैजा पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय  काठमाडौंका प्रमुख डा अर्जुन सापकोटाले जानकारी दिएका छन ।

उनका अनुसार तीनै जनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका इमर्जेन्सी इन्चार्ज भालेश्वर यादवका अनुसार उपचाररत तीनै जनाको अवस्था सामान्य रहेको छ र दुई तिन दिनमा ठिक हुने समेत बताएका छन

यसअघि पनि ललितपुर र कैलालीमा पनि हैजा संक्रमित भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

ललितपुरमा सात र कैलालीमा तीन जना गरि १० जना मा हैजा पुष्टि भएको महाशाखाका निर्देशक डा यदुचन्द्र घिमिरेले बताएका छन्।

हैजा ‘भिब्रियो कोलेरी’ प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अति सङ्क्रामक झाडापखाला सम्बन्धी रोग हो।  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनका अनुसार हैजाका जीवाणु  खाना वा फोहोर पानीको माध्यमबाट लाग्ने गर्दछ। सरसफाइ तथा स्वच्छ खानेपानीमा ध्यान नदिंदा हैजा फैलिने जोखिम रहन्छ।

डा .पुनका अनुसार  हैजा संक्रमण भएको दिनदेखि पाँच दिनसम्म लक्षणहरु देखिन सक्छ। पातलो तथा चौलानी पानी जस्तो दिसा आउने, वाकवाकी र बान्ता हुने, कडा जलवियोजन हुने समस्या देखिएमा हैजाको लक्षण हुनसक्ने डा पुन बताउँछन्।

आँखा गाडिने, मुख जिब्रो र घाँटी सुक्खा हुने, तिर्खा लाग्ने, छाला सुक्खा हुने, रक्तचाप कम हुने, पिसाब पहेँलो हुने र पिसाबको मात्रा कम हुने लगायतका समस्या देखिएमा हैजाको गम्भीर लक्षण हुनसक्छ।