Trending
आयोडिनयुक्त नुन सम्बन्धी ऐन बनेको २६ वर्ष पछि कार्यान्वयनमा     |     मेडिकल कलेजको सिट संख्या र शुल्क पुनरावलोकनका लागि कार्यदल गठन     |     नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने स्वास्थ्यमन्त्रीको तयारी     |     ट्राफिक प्रहरीको प्रदूषणबाट उत्पन्न स्वास्थ्य समस्या न्यूनीकरण गर्न आयुर्वेदको विशेष कार्यक्रम     |     परोपकार प्रसुति अस्पतालमा बर्थिङ सेन्टर विस्तार र दक्ष जनशक्ति उत्पादनका लागि सिमुलेशन ल्याबको उद्घाटन     |     मन्त्रीको पहलमा १२ संघीय अस्पतालमा सेवा थप तथा विस्तार     |     मुख्यमन्त्री आचार्यद्वारा विद्यालयबाहिर रहेका बालबालिकालाई अनिवार्य भर्ना गर्न अपिल     |     हेटौंडा अस्पतालको बोर्डमा रहेको मदन भण्डारीको नाम मेटाइयो     |     प्रधानमन्त्रीद्वारा गौरादह नगर अस्पतालको शिलान्यास     |     नेशनल अस्पतालले एक लाख रुपैयाँ जरिवाना बुझायो     |    
स्वास्थ्य समाचार

काठमाडौंको कालीमाटी क्षेत्रमा थप तीन जनामा हैजा देखियो

१३ श्रावण २०८१ २१:०७

काठमान्डौ १३ साउन कालीमाटी क्षेत्रमा बसोबास गर्ने तीन जना पुरुषमा हैजा पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय  काठमाडौंका प्रमुख डा अर्जुन सापकोटाले जानकारी दिएका छन ।

उनका अनुसार तीनै जनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका इमर्जेन्सी इन्चार्ज भालेश्वर यादवका अनुसार उपचाररत तीनै जनाको अवस्था सामान्य रहेको छ र दुई तिन दिनमा ठिक हुने समेत बताएका छन

यसअघि पनि ललितपुर र कैलालीमा पनि हैजा संक्रमित भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

ललितपुरमा सात र कैलालीमा तीन जना गरि १० जना मा हैजा पुष्टि भएको महाशाखाका निर्देशक डा यदुचन्द्र घिमिरेले बताएका छन्।

हैजा ‘भिब्रियो कोलेरी’ प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अति सङ्क्रामक झाडापखाला सम्बन्धी रोग हो।  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनका अनुसार हैजाका जीवाणु  खाना वा फोहोर पानीको माध्यमबाट लाग्ने गर्दछ। सरसफाइ तथा स्वच्छ खानेपानीमा ध्यान नदिंदा हैजा फैलिने जोखिम रहन्छ।

डा .पुनका अनुसार  हैजा संक्रमण भएको दिनदेखि पाँच दिनसम्म लक्षणहरु देखिन सक्छ। पातलो तथा चौलानी पानी जस्तो दिसा आउने, वाकवाकी र बान्ता हुने, कडा जलवियोजन हुने समस्या देखिएमा हैजाको लक्षण हुनसक्ने डा पुन बताउँछन्।

आँखा गाडिने, मुख जिब्रो र घाँटी सुक्खा हुने, तिर्खा लाग्ने, छाला सुक्खा हुने, रक्तचाप कम हुने, पिसाब पहेँलो हुने र पिसाबको मात्रा कम हुने लगायतका समस्या देखिएमा हैजाको गम्भीर लक्षण हुनसक्छ।